१३ माघ २०७८ बिहीबार

१८ जनाविरुद्ध विशेष अदालतमा मुद्दाः सिमेन्ट उद्योगसँग मिलेर अर्बभन्दा बढी भ्रष्टाचार

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरुद्ध १ अर्ब २४ करोड ४५ लाख २६ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

सबै क्षेत्रमा सुधार भएको प्रधानमन्त्रीको दाबी: एक वर्षभित्र तीनै तहको निर्वाचन गर्ने तयारी

‘मुलुकको विकास र रुपान्तरणमा सरकार लागिपरेको छ। सरकारले मुलुकको रूपान्तरण र विकासका कार्यक्रम कार्यान्वयनलाई गति दिएको छ। सुधारका योजना बनाउँदा संविधान कार्यान्वयन, आर्थिक समृद्धि, विकास र सुशासनलाई केन्द्रविन्दुमा राखिन्छ ।’

प्रधानमन्त्री देउवा कार्यकालको उपलब्धिः ६ महिनामा १७७ किमि सडक कालोपत्रे, २३ पुल तयार

प्रधानमन्त्री देउवाले बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी योजनाको पुनर्निर्माण गर्ने, कार्ययोजना कार्यान्वयनमा ल्याउने र यसै वर्षभित्र काठमाडौंमा पानी वितरण गर्ने गरी कार्य अगाडि बढाइएको बताएका छन्। तर, मन्त्रिपरिषद् बैंठकले मेलम्ची आयोजनाको कार्ययोजना सम्बन्धमा समयमै निर्णय नगर्दा मर्मतसम्भारमा ढिलासुस्ती देखिँदै आइरहेको छ।

मन्त्रीनिवासमा पनि छिर्‍यो भाइरस

शाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले समुदायमा अहिले रिपोर्टमा आएका भन्दा बढी संक्रमित रहेको र उनीहरूको निःशुल्क परीक्षणको व्यवस्था नहुँदा उनीहरूले कोरोना फैलाइरहेको बताए।

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमानको हत्या

एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन्। सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

खराब र उदाहरणीय नेता

जमानाले किनार लगाइसकेको शेरबहादुर देउवा जस्तो अलोकप्रिय पात्रलाई पार्टी र सरकारमा पटकपटक बिराजमान गराउन र छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो बनाइदिन नै मुलुकमा यत्रो उथलपुथल र आमूल परिवर्तन गरिएको थियो त ?

विवादमा सेनापति: वरिष्ठलाई पाखा लगाउँदै कनिष्ठको म्याद थप सिफारिस

‘म विशिष्ट श्रेणीको अधिकृतउपर पूर्वाग्रही र वदनियत राखी स्वेच्छाचारी ढंगले नेपाली सेनाको विधि, प्रक्रिया र पद्धतिविपरीत मेरो पदावधि थपको पत्रचार नगरी मभन्दा कनिष्ठ २ जनाको पदावधि थपको सिफारिश गर्ने कार्य गैरकानुनी छ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिका संशोधन: दैनिक ६० रूपैयाँले बढ्यो श्रमिकको पारिश्रमिक

श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अबदेखि मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नै सबैले पारिश्रमिक पाउने बताए।

ग्वार्काे फ्लाइओभरको ठेकेदार छानियो

चक्रपथको ललितपुर ग्वार्काे खण्डको फ्लाइओभर निर्माण गर्ने ठेक्का आशिष–समानान्तर–रेलिगेयर जेभीले पाएको छ।

स्थानीय तह निर्वाचन सकसः संविधान मान्ने कि ऐन?

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको राजनीतिक समितिको बैठकमा संविधान र स्थानीय तह निर्वाचन ऐनको व्यवस्था बाझिएको भन्दै त्यसमा स्पष्ट भएर निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको छ।

हक्की टोली वीरगन्जतर्फ

वीरगन्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताका लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाइ गरिएको छ।

प्रदेश नं. २ः नाम मधेस, राजधानी जनकपुरधाम

सात दशकदेखि संघीयताका लागि संघर्षरत मधेसको सपना ‘मधेस प्रदेश’ नामकरणसँगै पूरा भएको छ। नौ वर्षमा डेढ सयभन्दा बढी मधेसीले बलिदान दिएको संघर्षपूर्ण यात्राबाट संघीयता व्यावहारिक रूपमै संस्थागत भएपछि मधेसी जनताले सपना साकार भएको अनुभूति गरेका छन्। सो अवसरमा उनीहरूले दीप प्रज्वलन गरी खुसीयाली मनाएका छन्।

चौथो सहाना प्रधान स्मृति हक्कीमा सहभागी गण्डकीको बिदाई

बीरगञ्जमा आयोजना हुने चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको महिला टोलीलाई बिदाई गरिएको छ।

लोकतन्त्रविरुद्ध लोकतन्त्रवादी

२०६२/०६३ को जन आन्दोलन पछि लोकतन्त्र स्थापना भएयता मुलुकमा एउटा यस्तो वर्ग तयार भएको छ जसलाई कानुन लाग्दैन। कानुनभन्दा माथिको वर्ग भएकाले त्यसका बारेमा कतै प्रश्न उठाउने ठाउँसमेत छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्