४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

सावधानी अपनाएर सवारीसाधन चलाउन साम्पाङकाे अनुरोध

नवनिर्वाचित सांसद हर्क साम्पाङले सावधानी अपनाएर सवारीसाधन चलाउन अनुरोध गरेका छन्।

आज (बुधबार) खोटाङमा हेलिकप्टर दुर्घटना भएपछि भिडियो सन्देशमार्फत उनले सबैलाई सावधानी अपनाएर सवारीसाधन चलाउन अनुरोध गरे। 'चार चक्के, दुई चक्के, तीन चक्के, छ चक्के लगायत उड्ने सवारीसाधन पनि सावधानी पूर्वक चलाउनुपर्छ।' उनले भने ।

खोटाङमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको देखिएको भन्दै उनले दुर्घटनाको कारणबारे थाहा दिन सम्बन्धित निकायसँग माग गरेका छन्। 

काठमाडौंबाट खोटाङ उडेको हेलिकप्टर आज बिहान दुर्घटनामा परेको थियो। दुर्घटनामा परी घाइते भएका ७४ वर्षीय कतिबहादुर राईको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। बाँकी ५ जना भने सकुशल रहेका छन्।

प्रकाशित: ४ चैत्र २०८२ १६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App