हराएको लिउक सामाजिक सञ्जालले फर्कायो!
कुकुर तिहारको भोलिपल्ट लक्ष्मीपूजाको दिन हराएको लिउक नाम गरेको कुकुर घर झन्डै दुई महिनापछि आइतबार घर फर्किएको छ।
कुकुर तिहारको भोलिपल्ट लक्ष्मीपूजाको दिन हराएको लिउक नाम गरेको कुकुर घर झन्डै दुई महिनापछि आइतबार घर फर्किएको छ।
तिहारको दिन थियो। तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे।
प्रसाईको प्रदर्शनमा सबैभन्दा ठूलो आकर्षण भने बैंक र वित्तीय संस्थाबाट लिएको ऋण मिनाह हुन्छ भन्ने नै हो। यो सम्भव आश्वासन होइन भन्ने महसुस नगरी धेरै मानिस उनका पछि लागेको देखिन्छ।
तिहारको समयमा सुदूर पश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको छ।
छठमा अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरिन्छ। विगतमा मिथिला र तराई मधेसको मुख्य पर्व मानिने छठ पर्व अहिले सबै जातजाति र समुदायको बन्न पुगेको छ।
अघिल्ला वर्षमा भाइटीका आआफ्नै घरमा लगाइन्थ्यो। तर यस वर्ष कात्तिक १७ गतेको भूकम्पले सबैका घर भत्किएपछि त्रिपालमुनि बसेका जाजरकोटको बारेकोट–३, बुढागाउँका ४० घरधुरीले सामूहिक भाइटीका लगाएर तिहार मनाएका छन्।
रुकुम पश्चिम आठबिसकोट–१३ घेत्मास्थित लटाका दिपकसंगम थापाले दिदीको हातबाट निधारमा टीका र गलामा सयपत्री फूलको माला त्रिपालमुनिनै लगाए।कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले घर बस्न नमिल्ने गरी चिराचिरा पर्दा उनको सपपरिवारले यसपालिको तिहार त्रिपालमुनिनै मनाए।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्।यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ।
बाँकेको नेपालगञ्जमा तिहारको दिन मुस्लिम समुदायका अगुवाले आफुले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन्।
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
कास्कीको माछापुछे«का मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आएका थिए।बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे।बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुराए। तर सबै बिक्री हुनसकेनन्।तीन सय ५४ मात्रै बिक्री भए।
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ।
तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ।
नेपाल सशस्त्र प्रहरी बलले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ।नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ।हरेक नेपालीहरुको घर आँगनमा कुकुरको पूजा गरिन्छ।
फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन्।पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए।