अदालतमा थन्किँदै सम्बन्ध विच्छेदका मुद्दा
नयाँ मुलुकी देवानी संहिता, २०७४ लागू भएपछि परेका सम्बन्ध विच्छेदका मुद्दा अदालतमै थन्किने गरेका छन्। प्रतिवादीले म्याद मात्र बुझी प्रत्युत्तर नै नफिराई निवेदन दाबीलाई स्वीकार गरी एकपक्षीय रूपमा रहेका निवेदन एक वर्षपछि मात्र फैसला गर्ने प्रावधान भएपछि त्यस्ता मुद्दाहरू अदालतमा थन्किने गरेका हुन्।