२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

घुस लिएको अभियोगमा मुद्दा

काठमाडाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिरकण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नयाँ मिटर जडान गर्ने प्रयोजनका लागि विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगले फोरमेन विष्टलाई केही दिन पहिले आयोगले पक्राउ गरेको थियो। विष्टले एक सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस मागेको आयोगको आरोप छ।

यस्तै आयोगले शिक्षा समन्वय एकाइ काभ्रेपलाञ्चोकका इन्जिनियर दिपेन्द्रकुमार देवसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। काभ्रेको एक विद्यालयको भवन निर्माणको प्रमाणपत्र दिलाउने प्रयोजनका लागि एक लाख ५० हजार रुपैयाँ घुस मागेको अभियोग लागेको छ। आयोगले इन्जिनियर देव र सहयोगीका रुपमा रहेका धनवीर भगत र निरजकुमार चौधरीले गलत कार्यमा प्रोत्साहित गरेको तथा घुस मागेको भन्ने अभियोग लागेको छ। आयोगले आरोपी तिनै जनालाई बिगो असुल गरी कैद सजायको समेत माग गरेको छ। रासस

प्रकाशित: १० श्रावण २०७६ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App