२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ।

जेठ २७ मा लेखनाथ हाफ म्याराथन

जेठको अन्तिम साता लेखनाथमा लेखनाथ हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा एथलेटिक्स संघ कास्कीको प्राविधिक सहयोगमा जेठ २७ गते शनिबार पुरुष खुला हाफ म्याराथन आयोजना गरिएको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए।

संसद् राजसंस्थाको पैरवी गर्ने थलो होइन: सांसद दाहाल

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन्।

तालचोक–बेगनास सडक स्तरोन्नती गरिँदै

पृथ्वी राजमार्गमा जोडिएको कास्कीको लेखनाथस्थित तालचोकदेखि बेगनासतालसम्म जोड्ने सडक–खण्डको स्तरोन्नती थालिएको छ। विश्व बैंकको सहयोगमा यो सडकखण्ड स्तरोन्नती गर्न लागिएको हो।

सामाजिक व्यक्तित्व घिमिरेलाई नागरिक अभिनन्दन गरिर्दै

सामाजिक क्षेत्रमा सक्रिय रहेका घिमिरे शैक्षिक र साहित्य क्षेत्रमा समेत प्रशंसित भएकाले गर्दा नागरिक स्तरबाट अभिनन्दन गर्न लागिएको हो।

खेलकुदबाट ओझेलिएको लेखनाथ

पोखराबाट जाँदै गर्दा विजयपुर पुल तरेपछि लेखनाथ शुरु हुन्छ। बस्ती बाक्लिदैं गएको छ। दुईदशक अघि निकै कम थियो। बस्ती कम भएपनि खेलमैदानको अभाव भने लेखनाथले पहिल्यैदेखि झेल्दै आएको छ। अहिले बस्तीले लेखनाथ साँघुरिदैं गएको छ। भण्डारढीकको खेल मैदान(प्रस्तावित लेखनाथ रंगशाला)मात्रै फराकिलो थियो। त्यो बाहेक लेखनाथकै अन्य ठाँउमा त्यति फराकिलो ठाँउ छैन्, जहाँ खेलमैदानको रुपमा विकास गर्ने, पूर्वाधार बनाउने।

लेखनाथ महोत्सवमा बेगनास ताल र वरपरका कोटको प्रतिविम्व रहने

पोखराको लेखनाथमा विहीबारदेखि लेखनाथ महोत्सव हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यहि पुस ७ गतेदेखि १८ गतेसम्म लेखनाथको तालचोक डाँडाकोनाकमा लेखनाथ महोत्सवको अठारौं संस्करण हुने भएको हो।

सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहालले खाेले खाता

सिन्धुलीको प्रतिनिधिसभा सिन्धुली क्षेत्रनम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) ले २७ हजार ५ सय १७ मत सहित विजयी भएका छन्।

‘गुँदेताल’संरक्षण अभावले लोप हुने अवस्थामा

एक वर्षअघि स्थानीयवासी ताल संरक्षणमा जुटे पनि रकम अभावकै कारण पूर्णरूपमा संरक्षण हुनसकेको छैन। सरकारको तर्फबाट संरक्षणमा काम अगाडि बढाइएको छैन। कास्कीमा रहेका नौवटा तालमध्ये खास्टे, न्यूरेनी र गुँदेताल पोखरा–२६ मा पर्छन्।

लेखनाथ महोत्सवमा छ करोड ४५ लाखको कारोबार

मन्त्री शर्माले एकता र सहकार्यबाट सफलता प्राप्तिमा बल पुग्ने बताउँदै प्रदेश सरकारले पोखरामा वैकल्पिक औद्योगिक क्षेत्रका रुपमा पूर्णीटारमा सम्भाव्यता अध्ययन गरी कार्य अगाडि बढाएको उल्लेख गरे।

लेखनाथ महोत्सवः कोभिड त्रास घटेपछि महोत्सवमा दर्शकको उपस्थिति बढ्यो

लेखनाथ उद्योग वाणिज्य संघले १७ औं सस्करणको महोत्सवलाई गएको फागुन २६ गतेदेखि थालनी गर्‍यो। दर्शकको उपस्थिति विगतका वर्षहरुमा जस्तै छ। आर्थिक कारोबार पनि उस्तै छ।

माघ दोस्रो साता लेखनाथ महोत्सव

सुन्तला महोत्सवबाट सुरुवात भएको लेखनाथ महोत्सव १७ औं संस्करणसम्म आईपुगेको छ। गतवर्ष कोभिड–१९ ले रोकिएको भएपनि यो वर्ष भने लेखनाथ उद्योग वाणिज्य संघले महोत्सव गर्ने जमर्को गर्दै किसानको उत्पादनलाई प्रवद्र्धन गर्ने जनाएको छ। महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ।

चार वर्षदेखि थलियो लेखनाथस्थित कभर्ड हल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चासँगै पूर्वाधार निर्माण र मर्मत सम्भारको आवाज उठिरहँदा लेखनाथको भण्डारढीक रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमाथि भने कसैको आखाँ पर्न सकेको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्