२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आत्रेयको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित

लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनले छत्रधर आत्रेयको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आत्रेय सर्वसम्मत भएपनि अन्य पदाधिकारीमा भने चुनाव भएको थियो । चुनाव शनिबार भएपनि मत गणना प्रक्रियामा देखिएको विवाद सोमबार विहान समाधान भएपछि मात्रै गणना गरिएको थियो । मत गणना भने सोमबार मध्यरातमा सकिएको थियो ।

लेउवासंघ अधिवेशनः छापिएको र खसेको मतपत्र फरक परेपछि विवाद

लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनमा विवाद शुरु भएको छ । विवादकै कारण मतगणना कार्य शुरु हुन सकेको छैन् ।

‘प्रोजेक्ट’ धितो राखेर कर्जा दिनुपर्छः गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयोजना धितो राखेर कर्जा दिनुपर्ने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनको शुक्रबार उदघाटन गर्दै अध्यक्ष गोल्छाले कर्जा प्रवाह गर्दा धितो नभई नहुने भन्दै धितोको रुपमा ‘प्रोजेक्ट’ राख्नुपर्नेमा जोड दिए ।

लेखनाथमा बहुउद्देश्यीय कभर्ड हलको लागि बजेट माग

पोखरा रंगशालाको बैकल्पिक रंगशालाको उपमा दिइएको लेखनाथ रंगशाला भने सरकारी निकाय तथा खेलकुदको सरोकारवालको ध्यान नपुग्दा पूर्वाधारले फड्को मार्न सकेको छैन ।

प्रशासनले रोक्यो लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन

अधिवेशन नजिकिदैं गर्दा बढेको चुनावी सरगर्मी एकाएक सेलाएको छ । लेखनाथ उद्योग वाणिज्य संघको यही भदौ १८ र १९ गते अधिवेशनको संघारमा थियो । दुईवर्षे कार्यकालको लागि चुनावी मैदानमा उम्मेदार होमिदैं व्यवसायीसँग आन्तरिक रुपमा मत माग्ने अभियानमा थिए ।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर सर्वसम्मत

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेयको मात्रै एकल उम्मेद्वारी परेको छ । संघको निर्वाचन तालिका अनुसार मंगलबार तोकिएको निर्धारित समयभित्र आत्रेयको मात्रै उम्मेद्वारी परेको हो । एकल उम्मेद्वारी परेसँगै उनी संघको अध्यक्षमा सर्वसम्मत भएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघमा चुनावी माहोल

लेखनाथ क्षेत्रका व्यवसायी यतिबेला चुनावी सरगर्मीमा छन् । चुनावी सरगर्मीले एकातिर छुँदा अर्कोतिर कोभिड–१९ को छपक्कै छोप्दै गएको छ ।

राष्ट्रकविको जीवनमा त्यो खेल

२०१८–१९ सालतिरको कुरो हो, हाम्रो डेरा नयाँ बजारमा थियो। बुवा प्रत्येक शनिबार आफ्ना अग्रज लेखनाथको ठमेलस्थित घरमा तास खेल्न जानुहुन्थ्यो। त्यहाँ बुवाबाहेक अरू लेखकको पनि ठूलै जमघट हुन्थ्यो। जमघटका लागि तास त एउटा निहुँ मात्र थियो। तासको प्रत्येक चालसँगै साहित्यिक चर्चा परिचर्चा हुन्थ्यो।

‘छ ताल ६ थीम’

पोखरा लेखनाथमा रहेका मध्ये बेगनासलाई ‘गुड फ्राइडे’, दिपाङलाई ‘हनिमुन’, खास्टेलाई ‘बर्ड वाचिङ सेन्टर’, न्युरेनीलाई ‘ज्येष्ठ नागरिक’ गुँदेलाई ‘गुडिया’ र मैदीलाई भने ‘आईल्याड टापु’का रुपमा विकास गर्ने योजना छ ।

कवि शिरोमणिको मधेस साइनो

जिराभवानीमा तीनवटा गाउँ छन्, वसन्तपुर, काठमाडौं र ललितपुर नामका । यी गाउँमा लेखनाथ हिउँदको समय बिताउँथे । यी नाम पनि उनैले राखेको स्थानीय बताउँछन् ।

साहित्यकार बैरागी काइँला सम्मानित

कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीका अवसरमा साहित्यकार तिलविक्रम नेम्वाङ (बैरागी काँइला) सम्मानित भएका छन्।

त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती

कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औं जयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ।

पिँजडाको सुगा

झ्याप्प सेता दाह्री, कुनै ऋषिझैँ देखिने उनको आकर्षक व्यक्तित्व ! सम्भवतः बाल्यकालमा, यस्तो रूप भएका व्यक्तिले नै ‘पिँजडाको सुगा’ लेखेका होलान् भन्ने हामीलाई के थाहा ? हुन पनि, हामीलाई थाहा हुनु र नहुनुसँग त्यो कविता र कविता लेख्नेबीचको के सम्बन्ध, हाम्रो केटाकेटी दिमागको लागि ? हामीलाई त त्यतिखेर त्यो कविता गाउनुमा नै रमाइलो थियो।

उच्चअदालतका न्यायाधीशमाथि भएका निर्णय झिकाउने आदेश

सर्वोच्च अदालतले उच्चअदालत जनकपुरका न्यायाधीश लेखनाथ ढकालका विषयमा भएका निर्णय झिकाउने आदेश गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले न्यायाधीश ढकालविरुद्ध परेको रिट निवेदनमाथि पहिलो सुनुवाई गर्दै शुक्रबार निर्णय झिकाउने आदेश गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्