१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘प्रोजेक्ट’ धितो राखेर कर्जा दिनुपर्छः गोल्छा

लेउवासंघ १३ औं अधिवेशन, शनिबार निर्वाचन

लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनलाई सम्बोधन गर्र्दै महासंघ अध्यक्ष गोल्छा । तस्बिर नागरिक

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयोजना धितो राखेर कर्जा दिनुपर्ने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं अधिवेशनको शुक्रबार उदघाटन गर्दै अध्यक्ष गोल्छाले कर्जा प्रवाह गर्दा धितो नभई नहुने भन्दै धितोको रुपमा ‘प्रोजेक्ट’ राख्नुपर्नेमा जोड दिए ।  

‘अब प्रोजेक्ट धितो राखेर कर्जा प्रवाह गर्नुपर्छ,’ उनको  भनाई थियो । अध्यक्ष गोल्छाले कर्जा प्रवाह र व्याजदरमा समस्याकै कारण व्यवसायीहरु समस्यामा परेको जिकिर गरे । कोरोना कहरले उद्योग धन्दा कलकारखाना सबैजसो ठप्प छ । आर्थिक चलायमान बन्न नसकेको उनले बताए । अध्यक्ष शेखर गोल्छाले देशको समृद्धिको लागि नीजि क्षेत्रले लगानी गर्नुपर्ने बताउँदै साना मmभौला उद्योगीको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

व्यवसायीको अनुगमन मापदण्ड बनाएर गरिनुपर्ने भन्दै श्रमको समस्या समाधान गरिनुपर्नेमा ध्यान स्पष्ट पारे । उद्योग व्यवसायबाट उत्पादित सामानको बजारीकरणमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे । उनले व्यवसायीको समस्या देखिने गरी समाधान गरिनुपर्नेमा जोड दिए ।  

त्यही अवसरमा वरिष्ठ पत्रकार नारायण कार्कीलाई चन्द्रलक्ष्मी ज्येष्ट नागरिक पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । पत्रकार कार्कीलाई सम्मानपत्रसहित नगद १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको छ ।  

चुनाव सुरु  

गत भदौ १९ गते जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति नदिएपछि रोकिएको लेखनाथ उद्योग वाणिज्य संघको चुनावी अभियान शनिबार हुदैंछ । १३ औं अधिवेशनबाट नयाँ नेतृत्वको संघारमा रहेको उद्योग वाणिज्य संघको निर्वाचनसँगै नयाँ कार्यसमिति बन्नेछ । अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत भईसकेका छन् । अन्य पदमा भने सर्वसम्मत नहुदाँ निर्वाचन प्र्रक्रिया अघि बढाइएको थियो । यद्यपी जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न भन्दै निर्वाचन प्रक्रियाको लागि स्वीकृति दिएको थिएन् ।  

अध्यक्षसँगै संस्थागत र एशोसिएट सदस्य भने निर्विरोध भईसकेका छन् । एशोसिएटमा मेघराज पौडेल र संस्थागतमा राम गुरुङ सर्वसम्मत भईसकेका छन् । बाँकी पदको लागि भने शनिबार निर्वाचन हुनेछ । शुक्रबार संघको अधिवेशनको औपचारिक उद्घाटन गरिएको छ । नयाँ नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष्मा भरत अधिकारी र विनोद कुमार श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा र प्रकाशलाल श्रेष्ठ भिड्ने छन् ।  

 

संघको Þिद्वतीय उपाध्यक्ष पदमा शैलेन्द्रमोहन भट्टराई, गोपीचन्द्र बाँस्तोला एकआपसका प्रतिस्पर्धी हुन् । महासचिवमा उपेन्द्रराज सुवेदी र मेनुका श्रेष्ठको प्रतिस्पर्धा हुने देखिएको छ । त्यसैगरी कोषाध्यक्षमा रामजी पौडेल, भरत ओझा र भीमबहादुर बिक प्रतिश्पर्धामा रहेका छन् । उपमहासचिवमा जानुका अधिकारी र धिरजकुमार श्रेष्ठ रहेका छन् । दुई महिला सदस्यको लागि ५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ८ सदस्य पदको लागि २० जनाले उम्मेदवारी दिएका छन् । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ । उद्योग वाणिज्य संघमा १७ सय ५१ सदस्य आवद्ध छन् ।  

प्रकाशित: १ आश्विन २०७८ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App