१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सामाजिक व्यक्तित्व घिमिरेलाई नागरिक अभिनन्दन गरिर्दै

इटहरीका सामाजिक व्यक्तित्व लेखनाथ घिमिरेलाई नागरिक अभिनन्दन गरिने भएको छ। सामाजिक क्षेत्रमा सक्रिय रहेका घिमिरे शैक्षिक र साहित्य क्षेत्रमा समेत प्रशंसित भएकाले गर्दा नागरिक स्तरबाट अभिनन्दन गर्न लागिएको हो।  

घिमिरेको अभिनन्दनका लागि कवि अनिल पौडेलको संयोजकत्वमा समिति बनेको छ। ताप्लेजुङ साँघुमा जन्मिएर इटहरीमा कर्मथलो बनाएर बसेका घिमिरेलाई आगामी माघ २७ गते ७८ वर्ष उमेर पुगेका दिन अभिनन्दन गर्न लागिएको हो।  

इटहरीमा यसअघि नागरिक स्तरबाट भाषाविद् प्राध्यापक डाक्टर टंक न्यौपाने र मजदुर नेता ओम कोइरालाई अभिनन्दन गरिएको थियो। नेता कोइरालाको निधन भइ सकेको छ।  शैक्षिक क्षेत्रको उन्नयनमा जीवनको उर्जा लगानी गरेका घिमिरेको अभिनन्दनकै क्रममा सयभन्दा बढी लेखकले लेखेका सामग्रीसहितको ग्रन्थ पनि प्रकासन हुने भएको छ।  

ग्रन्थ प्रकाशसनका लागि सम्पूर्ण सामग्री तयारी भएको संयोजक पौडेलले बताए। ‘समाजमा योगदान पु¥याउने अनि अग्रजलाई सम्मान गर्नका लागि नयाँ पुस्तालाई संस्कार सिकाउन पनि यस खाले नागरिक अभिनन्दनले सहयोग पुग्नेछ,’ पौडेलले भने, ‘यस खालका कार्यलाई अब एउटा संस्था नै बनाएर निरन्तर अघि बढाइनेछ।’  

खासगरि इटहरीको इतिहास निर्माण गर्ने र भविष्यमा इतिहास बन्न सक्ने विविध क्षेत्रका व्यक्तिको पहिचान गरि नागरिक अभिनन्दन गर्ने योजना रहेको पौडेलले सुनाए। अभिनन्दनका क्रममा झाक्रीसहित इटहरी बजार परिक्रमा गरिनेछ।  

उनको समग्र जीवनलाई अध्ययन गर्दा उनीसँग औपचारिक शिक्षा क्षेत्रको विद्यावारिधि उपाधि छैन। तर उनलाई व्यावहारिक विद्यावारिधि उपाधि प्राप्त सामाजिक, शैक्षिक व्यक्तित्व मान्न सकिन्छ। 

प्रकाशित: २७ पुस २०७९ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App