२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

खेलकुदबाट ओझेलिएको लेखनाथ

पोखराबाट जाँदै गर्दा विजयपुर पुल तरेपछि लेखनाथ शुरु हुन्छ। बस्ती बाक्लिदैं गएको छ। दुईदशक अघि निकै कम थियो। बस्ती कम भएपनि खेलमैदानको अभाव भने लेखनाथले पहिल्यैदेखि झेल्दै आएको छ। अहिले बस्तीले लेखनाथ साँघुरिदैं गएको छ।

भण्डारढीकको खेल मैदान(प्रस्तावित लेखनाथ रंगशाला)मात्रै फराकिलो थियो। त्यो बाहेक लेखनाथकै अन्य ठाँउमा त्यति फराकिलो ठाँउ छैन्, जहाँ खेलमैदानको रुपमा विकास गर्ने, पूर्वाधार बनाउने। सार्वजनिक जग्गा भएपनि खेलकुदको लागि संरक्षण गर्ने तर्फ ध्यान तत्कालिन समयमा गएन, जसले गर्दा लेखनाथलाई सधै खेलले पछाडि पारिरह्यो।  

खेलमैदान र पूर्वाधारकै अभाव लेखनाथ खेलकुदबाट ओझेल पर्दै गएको छ। खेलकुदका गतिविधि पोखरा रंगशालाभित्र केन्द्रीत छन। त्यसो त पोखराको बजार क्षेत्रभन्दा केही पर हेमजामा पनि पूर्वाधार बनेको छ। हेमजाको गौरीशंकर खेलमैदानले नयाँ रुप पाएसँगै शुभकामना गोल्डकपले छाप छोडिसकेको छ। लामाचौरमा पनि गोस्ते खेलमैदान तयारी छ। अलि माथि गयो भने कास्कीको ढिकुरपोखरीस्थित माछापुच्छ«े माविको खेलमैदान बनिसकेको छ।  

पोखराकै पुरानो प्रतियोगिता आदर्श कप अहिले रोकिएको छ। २०५४ सालमा शुरु भएको प्रतियोगिता २४ औं सस्करणमा आईपुगेर रोकियो। जुन गण्डकी प्रदेशकै तत्कालिन समयको एकमात्र नियमित प्रतियोगिताको रुपमा थियो। क्लब फुटबल प्रतियोगिताको लागि जुर्मुराउन सकेको छैन्। प्रायोजकको अभावले रुमलिनुपर्ने बाध्यता दोहोरिदैं आएको छ। लेखनाथ क्षेत्रमा क्लबहरुले खेलकुद गतिविधिको लागि होस्टेमा हैंसे गर्ने क्षमता राखेका छैनन्। स्थानीय तहले पनि खेलकुदको लागि बजेट छुट्टाई चलायमान बनाउने तत्परता देखाएको छैन्। व्यवसासयिक एवं व्यापारीक प्रतिष्ठानको पनि खेलकुद क्षेत्र प्राथमिकतामा परेको छैन्। त्यसले पनि खेलकुदको विकास हुन नसकेको ठम्याई पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काको छ।  

उनका अनुसार रिठेपानी क्लब भलिबल तर्फ अग्रसर रहेको छ। ‘रिठेपानीमा राईजिङस्टार युवा क्लबले वर्षेनी क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ,’ उनी सुनाउँछन, ‘प्रदेशस्तरीय र राष्ट्रियस्तरमा आयोजना गर्न भने सकेको छैन्।’ लेखनाथकै एकमात्र रंगशालामा समेत तत्कालिन समयमा लेखनाथ उद्योग वाणिज्य संघले मेला र महोत्सव गर्दै आएको थियो। त्यसलाई आदर्श क्लबले नै रंगशालाको रुपमा विकास गर्दै फुटबल प्रतियोगिता आयोजना गर्यो। प्यारापिट निर्माण गर्यो। लेखनाथ वाणिज्य संघले पनि खेलकुदलाई महत्व दिनै नसकेको अवस्था छ।  

दशक अघि लेखनाथको बेगनास तालमा अन्तर्राष्ट्रियस्तरको ट्रायथोलन समेत आयोजना हुदैं आएको थियो। लेखनाथ सडक दौड समेत आयोजना भएपनि दीर्घकालिन बनाउन असथर्म रहे। भण्डारढीकस्थित रंगशाला स्तरोन्नति हुनै सकेको छैन्। निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल अलपत्र परेको पनि वर्षौ भईसकेको छ। गण्डकी प्रदेश सरकारले पनि रंगशाला बनाउने सपना बाँडेको पनि पाँचवर्ष पुरा बित्यो। कार्यान्वयनमा आउन सकेन्। कभर्ड हललाई समेत पूर्णता दिन प्रदेश सरकारले आवश्यक बजेट समेत दिएन्। ठूला प्रतियोगिता मात्रै होईन लेखनाथ क्षेत्रका विद्यालयलाई लक्षित गरी आयोजना गरिने राष्ट्रपति रनिङ शिल्डकै लागि पनि पोखरा रंगशाला ल्याउनुपर्ने बाध्यता छ।  

रंगशाला बनाउन चौर छेवैको बस्तीलाई हटाउनुपर्छ। स्थानीय तह, राजनीतिक दल र क्लबहरुले बस्तीलाई उचित व्यवस्थापन गरेर रंगशाला बनाउने तर्फ ध्यान दिनुपर्ने आदर्श क्लबले औंल्याउँदै आएको छ। ‘क्लबले नै रंगशाला संरक्षण गर्दै आएको छ। पूर्वाधार बनाउने तर्फ स्थानीय तह, जिल्ला र गण्डकी प्रदेश सरकारले चासो नदिदाँ हामी खेलकुदका गतिविधिबाट टाढिएका छौं,’ भण्डारढीकस्थित आदर्श क्लबका अध्यक्ष पदम गुरुङ भन्छन, ‘त्यतिमात्रै होईन व्यवसायिक एवं व्यापारिक प्रतिष्ठानले खेलकुद गतिविधि आयोजना गर्दा सहयोगी भावना देखाउनै सक्दैनन्।’ उनका अनुसार प्रतियोगिता आयोजना गर्दा आवश्यक आर्थिकको लागि प्रायोजन गर्न आखाँ चिम्लिन्छन्।  

लेखनाथमा ८ वडा छन्। सिंगो लेखनाथमा खेलकुदको गतिविधि शून्य हुनु आफैंमा दुर्भाग्य भएको स्वंय लेखनाथ उद्योग वाणिज्य संघले स्वीकारेको छ। ‘लेखनाथका व्यवसायीले खेलकुदलाई ध्यान दिन सकेका छैनन्’ लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी बताउँछन्। खेलकुदको मात्रै नभई लेखनाथ ग्रेटर पोखराको अवधारणासँगै महानगरमा गाभिएपनि विकासका गतिविधिमा ओझेलमा परेको सुनाउँछन्। आठ ताल छन्। तालको संरक्षण हुन सकेको छैन्। तालमै खेलकुदका गतिविधि गर्न सकिने सम्भावना रहेपनि चासो कसैको गएको छैन्।  

‘खेलकुद नै स्वास्थ्यको प्रतीक हो। तर खेलकुदका गतिविधिप्रति सोंच बढाउन नसकेको यथार्थ हो’ उनी भन्छन, ‘खेलकुद स्वास्थ्य जीवनको लागि अपरिहार्य छ। विकास गर्न नसक्नु हाम्रो कमजोरी हो।’ लेखनाथमा भएका वडाहरुले पनि खेलकुदको गतिविधिलाई प्राथमिकतामा राख्नुपर्छ। स्थानीय तहले संघसंस्थालाई घचघच्याउनुपर्ने अवस्था रहेको उनको बुझाई छ। पूर्व अध्यक्ष त्रिपाठीका अनुसार आगामी  वर्ष लेखनाथ महोत्सवकै अवसरमा भलिबल प्रतियोगितालाई समेट्ने योजना रहेको छ।  

प्रकाशित: १३ पुस २०७९ ०९:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App