बाढीपहिरोले ३१ सडक खण्ड अवरुद्व
सडक विभागले पछिल्लो समय आएको बाढीपहिरोले विभिन्न राजमार्गको ३१ सडक खण्ड अवरुद्व भएकोमा बिहीबार बेलुकासम्म चारवटा सडक दुवैतर्फ खुलाएको जनाएको छ। १२ खण्ड अहिलेसम्म खुलाउन सकेको छैन।
सडक विभागले पछिल्लो समय आएको बाढीपहिरोले विभिन्न राजमार्गको ३१ सडक खण्ड अवरुद्व भएकोमा बिहीबार बेलुकासम्म चारवटा सडक दुवैतर्फ खुलाएको जनाएको छ। १२ खण्ड अहिलेसम्म खुलाउन सकेको छैन।
सरकार भनेको अभिभावक हो। आफ्ना नागरिक कस्ता ठाउँमा बसेका छन्, तिनलाई कसरी सुरक्षित ठाउँमा राख्ने भन्ने ध्यान सरकारकै हुनुपर्छ। अझ अहिले संघीय सरकारबाहेक पनि प्रदेश र पालिका सरकारहरू क्रियाशील छन्। सबै सरकारले गम्भीरपूर्वक आफ्नो क्षेत्रको अध्ययन गर्नु आवश्यक छ। त्यो ठाउँको जोखिम बुझेर भावी रणनीति तयार गर्नु उचित हुन्छ।
बाढीमा अझै १७ बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ। बाढीमा बेपत्ता एक/एक चिनियाँ र भारतीय नागरिकको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। उनीहरुको शव सिन्धुली जिल्लामा फेला परेको उनले बताए।
कपिलवस्तुको बिजयनगर गाउपालिका– १ स्थित अरुवा खोलाको बाढीमा फसेका ११ जना बालबालिका उद्धार गरिएको छ। गाईबस्तु चराउन गएका बेला बाढी आएपछि उनीहरु खोलाबीचमै फसेका थिए।
असार महिना सुरु नहुँदै भएको लगातारको बर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ। १ जना वेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।
बेनी नगरपालिकाले बाढीपहिरोको कारण पूर्णरूपमा विस्थापित भएकालाई तत्काल आपतकालीन राहत स्वरूप १५ हजार नगद सहयोग गर्ने भएको छ ।
नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिरोका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ।
अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ। कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्दार र राहतकार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए।
बाढीपहिरोको बितण्डापछि चर्चित मेलम्ची–इन्द्रावती नदी करिडोरका दर्जनौँ बस्ती एक्लिएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका सडक र सञ्चार सम्पर्कबाट टाढीएका हुन्।
मादी नदीमा आएको बाढीले विद्युतगृहमा क्षति पुर्याउँदा २५ मेगावाट क्षमताको अपरमादीको विद्युत उत्पादन बन्द भएको छ । लगातार परेको झरीले नदीमा पानीको वहाव बढेपछि विद्युतगृहमा क्षति भएको हो ।
सुनकोसी आसपासको किनार जानेले माछा नलिई कोही फर्किएनन्, स्थानीय गौरव कार्कीले भने, ‘सिन्धुलीको गोलञ्जोर एरियामा मात्रै पाँच टन बढी माछा समातेको अनुमान गरेका छौं।’ सुनकोसीमा बाढी आएसँगै बुधबार बिहानैदेखि स्थानीय माछा समात्न कोसीको किनारामा पुगेका थिए।
पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्याएको छ। बाढीमा झण्डै एक दर्जन स्थानीय बेपत्ता भएका छन्। घर–बस्ती, दर्जन मोटरेवलपुल र झोलुङ्गे पुल बहेका छन्।
भारी वर्षासँगैको बाढीपहिरोले हिमाली जिल्ला मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद गराइदिएको छ । पहिरो र कटानले ठाउँठाउँमा आउजाउ रोकिएको छ भने सबैभन्दा बढी जोखिममा परेको तालगाउँसम्म आउजाउ निकै नै कठिनपूर्ण बनेको प्रहरीले बताएको छ ।