१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बिरामी बोक्दैन नरहरिनाथ गाउँपालिकाको एम्बुलेन्स

नरहरिनाथ गाउँपालिका– ४ का जयरूप सहकारीको गालामा क्यान्सर भयो। उनलाई उपचारका लागी चितवन लगियो। चितवनमा क्यान्सरपीडित सहकारीको उपचार भयो। उनले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण चितवनमा बस्न नमानेपछि उनलाई कालिकोट आउनुपर्यो।

मायादेवी गाउँपालिकामा एकै साथ ३ भवनको उद्घाटन

कपिलवस्तुको मायादेवी गाउँपालिकामा एकै साथ ३ वटा भवनको उदघाटन गरिएको छ। गाउपालिका वडा नम्बर १ पकडीमा नव निर्मित प्रशासनिक भवन, वडा नम्बर १ को कार्यालय भवन र सभा हलको एकै साथ उघाटन गरिएको हो। ३ वटै भवनको भवनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सरेन्द्रराज आचार्यले उदघाटन गरेका हुन।

‘सर्वोच्चले खोस्यो खुसी’

पर्सा बिन्ध्यवासिनी गाउँपालिका परसौनी भाठाका कामिल हासिम मियाँ र उनीकी श्रीमती रमीना खातुन आइतबार जिल्ला प्रशासन कार्यालयअघि नागरिकताका लागि चाहिने कागजातसहित आइपुगेका थिए।

एम्बुलेन्स भाँडा महगो भएपछि सार्वजनिक गाडीमै अस्पताल जान्छन् बिरामी

गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्न चर्को मुल्य तिर्नुपरेको स्थानीयको भनाइ छ।

झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ। समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ।

भिरबाट लडेर आमाछोराको मृत्यु

धादिङमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो।

न श्रम बैंक न त निर्माण कार्यदल

अघिल्लो सरकारले २०७५ सालमा कालिकोटको पलाँतामा युवालाई रोजगारी दिन पलाँता निर्माण कार्यदल घोषणा गर्‍यो। देशैभरि चर्चा भयो।

पाठ्यपुस्तक नपाएको भन्दै विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ मा रहेको श्री जनजोति माध्यमिक विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको भन्दै तालाबन्दी गरेका छन्।

म्याग्दीमा तातोपानीको नयाँ मुहान भेटियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ। कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो।

जगन्नाथ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष ऐन गिरीको मृत्यु

जगन्नाथ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष ऐना गिरीको मृत्यु भएको छ । मस्तिष्कघातका कारण गिरीको ५५ वर्षको उमेरमा मृत्यु भएको हो । एकाएक मस्तिष्कघात भएपछि आफन्तले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुर्याएका थिए ।

हिमोफिलियाका बिरामी बढ्दै

कालिकोटको नरहरीनाथ गाउँपालिका-८ लालुकी कलसा विष्ट र तपेन्द्र विष्टको पहिलो सन्तान छोरा जन्मियो। गाउँको बसाइ पहिलो सन्तान छोरा जन्मेपछि परिवार र छरछिमेकले निकै उत्सव नै मनाए। तर त्यो उत्सव धेरै दिन टिक्न सकेन।

बगर तातोपानी कुण्डमा पूर्वाधार अभाव

चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ।

कुपोषित बालबालिका खोज्दै गाउँपालिका

बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिका खोज्न थालेको छ । गाउँपालिकामा रहेका कुपोषित बालबालिकाको स्वास्थ्य अवस्था सूधारको लागि घरघरमा पुगेर कुपोषित बालबालिका खोज्न थालेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्