२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

मायादेवी गाउँपालिकामा एकै साथ ३ भवनको उद्घाटन

कपिलवस्तुको मायादेवी गाउँपालिकामा एकै साथ ३ वटा भवनको उदघाटन गरिएको छ। गाउपालिका वडा नम्बर १ पकडीमा नव निर्मित प्रशासनिक भवन, वडा नम्बर १ को कार्यालय भवन र सभा हलको एकै साथ उघाटन गरिएको हो। ३ वटै भवनको भवनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सरेन्द्रराज आचार्यले उदघाटन गरेका हुन। 

गाउपालिकाको प्रशासनिक भवन ३ चरणमा गरी कुल २ करोड ७२ लाखमा निर्माण गरिएको हो। यस्तै वडा नम्बर १ को कार्यालय भवन ८० लाख र सभा हल ७ लाखको लागतमा निर्माण गरिएको गाउपालिकाका प्रशासकीय अधिकृत परमेश्वर यादवले बताए। भवन निर्माणकालागि जिल्ला समन्वय समितिले १ करोड उपलब्ध गराएको थियो भने बाकी रकम गाउपालिको समपुरक कोषबाट खर्च गरिएको थियो।  उदघाटन भएको भवनबाट भने साउन देखि सेवा सुभारम्भ गर्ने योजना छ। सो अवसरमा मन्त्री आचार्यले जनतालाई प्रभावकारीरुपमा सेवा दिन आग्रह गरे।

उनले आफनो ध्यय नै कपिललस्तुको समग्र विकास भएको बताए। उनले पछि परेको कपिलवस्तुको विकासमा सबैले ईमान्दारीपुर्वक काम गर्नु पर्ने बताए। यस अघि आफनै भवन नहुद गाउपालिकाले ३ स्थानमा लिएको भाडाको घरमा एक लाख बढी भाडात तिर्दै आएको छ। १० कठ्ठा क्षेत्रफल रहेको जग्गामा भवन निर्माण गरिएको हो। सेवा प्रवाहलाई प्रभावकारी र छटिोछरितो होस् भन्ने उदेश्य सहति सुवधिा सम्पन्न आफ्नै भवन बनाइएको गाउपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले बताए।

निवर्तमान गाउपालिका अध्यक्ष बजरंगी चौधरीको पाला मै निर्माण सुरु भए पनि अहिले आएर मात्र भवन निर्माण संपन्न भएका हो।  अव एउटै भवनबाट सेवा प्रवाह हुने र एकद्धार प्रणालीबाट कार्य गर्दा थप जनतामा सहजता आउने प्रमुख मुसलमानले बताए। साढे तीन तलाको भवन निमाणकोे ठेक्का अर्याल नर्मिाण सेवा, कपिलवस्तुले पाएको थियो।  गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादवले अब प्रशासनिक काम संचालन गर्न सहज हुने बताए। ’ ३ ठाउमा कर्मचारी हुदा समस्या हुथ्यो अब भने सहज हुने भएको छ।

 ’ उनले भने। गाउपालिका प्रमुख वलीउद्दीन मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री दान बहादुर चौधरी, पुर्व सांसद अतहर कमाल, प्रदेश सदस्य मधुसुदनशरण चौधरी, पुर्व प्रदेश मन्त्री सहसराम यादव, नेता रामलौट तिवारी लगायतले शुभकामना मन्तब्य दिएका थिए।  

 

प्रकाशित: २२ जेष्ठ २०८० ०४:२९ सोमबार

मायादेबी गाउँपालिकामा एकै साथ ३ भवनको उद्घाटन