६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

आयोगले भन्यो: राज्य शक्तिको दुरुपयोग गरी मानव बेचबिखन गर्नु लोकतन्त्रको लागि चिन्ताको विषय

राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको सेवामा खटिएका निकायहरुबाट नै राज्य शक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाइ मानव बेचबिखन गर्नु लोकतन्त्रको लागि चिन्ताको विषय भएको बताएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले र्‍यापिड रेस्पोन्स टिम बनायो

राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुको मानव अधिकार हनन् हुन नदिनका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएको छ।

मानव अधिकार आयोगलाई ‘ख’ श्रेणीमा झार्ने सिफारिस रोक्न अधिकारकर्मीको आग्रह

मानव अधिकारकर्मी तथा नागरिक समाजले राष्ट्रिय मानव अधिकार आयोगको अन्तर्राष्ट्रिय छवि खस्कन नदिन आयोगका पदाधिकारीले मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन्।

मानव अधिकार आयोगका अध्यक्ष मगरद्वारा मानव अधिकारको सम्मान गर्न व्यापारिक घरानालाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायी घरानाहरुबाट पनि मानवअधिकार हनन भइरहेकोप्रति इंगित गर्दै मानव अधिकारको सम्मान गर्न आग्रह गरेका छन्।

'संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सुधार गर्न जरुरी छ'

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले संसदमा पेस गरेको संक्रमणकालीन न्याय सम्बन्धी ऐन सुधार गर्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय मानव अधिकार आयोगले सरोकारवाला निकायहरुसँग संक्रमणकालीन न्यायसम्बन्धी ऐनका बारेमा गरेको छलफलमा बोल्दै अध्यक्ष मगरले यस्तो बताएका हुन्।

‘इमरान खानको नेतृत्वमा पाकिस्तानको मानवअधिकार स्थिति चिन्ताजनक’

इमरान खानको नेतृत्वमा पाकिस्तानले विश्वको सबैभन्दा खतरनाक मानवअधिकार उल्लङ्घनकर्ता देशको रूपमा कुख्याति कमाएको प्रतिवेदन सार्वजनि भएको छ।

'मानव अधिकार संरक्षणका लागि सबै एक हुनुपर्ने'

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मानव अधिकारसँग सम्बन्धित ऐन र कानून राम्रा भए पनि त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयनमा ल्याउन नसक्दा मानव अधिकार संरक्षणमा समस्या आएको बताएका छन्।

महानिरीक्षक सिंहमाथि थप अनुसन्धान गर्न आव्हान

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएका छन्।

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ।

बालमैत्री संयन्त्रको अभावले बालहिंसाका उजुरी न्यून

सिजपका राष्ट्रिय कार्यक्रम निर्देशक मधु दवाडीले बालबालिकामाथि हुने हिंसाका पीडकलाई कारबाही गर्न चुनौती भइरहेको बताए।

११ दिनपछि अधिकारकर्मी रूबी खानले तोडिन् अनशन

बाँकेकी धोबीको मृत्यु र कुर्मीको बेपता घटनाबारे सो समितिले छानबिन गर्ने जनाएपछि नेपालगञ्जबाट पैदल हिँडेर न्यायका लागि राजधानी आएका अधिकारकर्मी खानसहितको टोलीले आन्दोलन स्थगित गरेको थियो।

दसैँ, तिहार र छठ बिदामा मानव अधिकार आयोग खुल्ला रहने

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरु दसैँ, तिहार र छठ बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने भएको छ।

'बालहिंसा अन्त्यका लागि सबैको हातेमालो अपरिहार्य’

पछिल्लो समयमा नेपालमा बालबालिकाविरुद्ध हुने हिंसाका घटना बढेका छन्। उमेर नपुगी विवाह गर्नु/गराउनुदेखि जबरजस्ती करणीमा पर्नु तथा घरपरिवारमै बालबालिकाको शारीरिक र मानसिक विकासका लागि अवरोध पुग्ने जुनसुकै गतिविधि बाल हिंसा हुन्।

स्वच्छ वातावरणको हक सुनिश्चित गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले वातावरण संरक्षणसम्बन्धी आयोगले गरेका सिफारिस कार्यान्वयन गरी सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणको संवैधानिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। आयोगले वातावरणसम्बन्धी कानूनीहकको कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको समन्वयात्मक पहल हुन, मानव अधिकारमैत्री विकास निर्माणमा जोड दिन आग्रह गरेको हो।

कुटपिट आरोपमा प्रहरीविरुद्ध उजुरी

आफन्तसँग झगडा गरेको विषयमा ईलाका प्रहरी कार्यालय पुर्याइएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका २८ वर्षीय किरण राईलाई कुटपिट गरेको भन्दै प्रहरी जवान बिमल कार्कीविरुद्ध आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलमा उजुरी परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्