७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा.टीकाराम भट्टराईद्वारा आज यहाँ जारी  प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवं सम्बद्ध निकायलाई आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपुर्‍याउन, विरोध प्रदर्शन गर्दा संयमित हुन तथा आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको उपभोगमा अवरोध नपुर्‍याउन आयोग विरोध प्रदर्शनमा उत्रिएका राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन तथा सर्वसाधारणलाई आग्रह गर्दछ।’

प्रकाशित: १२ फाल्गुन २०७८ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App