४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

भेरी अस्पतालमा चिकित्सकहरुको आन्दोलन (फेटोफिचर)

चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन्।

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएकाे आक्रमणले संक्रमित बिरामीको उपचार प्रभावित

‘घटना भएपछि स्वास्थ्यकर्मीहरु कोभिड वार्डमा आउनै डराउनु हुन्छ, कति बिरामीले त रातको समयमा पाउनुपर्ने औषधीको डोज नै पाएनन्,’ एक जना कुरुवाले नाम नराख्ने सर्तमा नागरिकसँग भने ‘आज बिहान पनि बिरामीले राम्रोसँग केयर पाएका छैनन्, सोधपुछ गर्दा उहाँहरु असुरक्षित भयौं, तपाईको बिरामीलाई साह्रै गाह्रो परेपछि मात्र खबर गर्नु होला, हामी आउँछौं भनेर भन्नु हुन्छ।’

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण, स्टाफ नर्सलाई लखेटेर कुटपिट

आईसियुमा एकजना बिरामीलाई अलि अप्ठ्यारो भएपछि त्यहाँ हेर्न गएको बेलामा यतातिर उहाँ (डिल्लीबहादुर) को मृत्यु भएछ, त्यसपछि हामीलाई ६/७ जना केटाहरु बोलाएर लेखेट्न थालियो,’ एक जना स्टाफ नर्सले भनिन् ‘ज्यान जोगाउन हरेक प्रयास गर्दा पनि केही सिप चलेन्, कसैले घाँटी थिच्ने, कसैले लखेट्ने काम गरे, ड्युटी रुममा पसेर लुक्दा पनि ढोका फोडे, शौचालयमा पस्दा पनि ढोका फोडेपछि हामफाल्न बाध्य भयौं।’

कोरोना सङ्क्रमित र कुरुवालाई २० रुपैयाँमा भरपेट खाना

भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ। अस्पताल परिसरमै प्रतिछाक रु २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्यसमेत भएको छ।

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ ।

बाँकेका अस्पतालमा संक्रमणबाट सिकिस्त बिरामीको चाप

बाँकेमा तीन दिनयता संक्रमण दर क्रमिक रूपमा ओरालो लागे पनि अस्पतालमा गम्भीर अवस्थाका बिरामीको चाप भने नघटेको भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. पारश पाण्डेले बताए।

'कोरोना संक्रमितलाई निको बनाउँदा आनन्दको अनुभूति हुन्छ'

नेपालगन्ज–१२ कोरियनपुर निवासी ३९ वर्षीया उनी पेशाले प्रावि तहको शिक्षिका हुन् । तर, उनले विगत एक वर्षदेखि प्लाज्मा ब्यवस्थापनमा खटिएर धेरै जना संक्रमितको ज्यान बचाइरहेकी छन् । प्लाज्मा ब्यवस्थापन लगायत विविध विषयमा समाजसेवी माधवी शाहसँग नागरिक संवाददाता अर्जुन ओलीले गरेको संवाद :

चाप बढेपछि भेरी अस्पतालको अक्सिजन प्रणालीले काम गर्न छाड्यो

नेपालगन्जस्थित भेरी अस्पतालसँग बढीमा एक सय जना बिरामीलाई मात्र धान्न सक्ने क्षमताको अक्सिजन प्रणाली सञ्चालनमा छ । तर, अस्पतालको अक्सिजन प्रणालीबाट अहिले दैनिक २ सय ५० भन्दा बढी बिरामीलाई अक्सिजन सप्लाई हुन्छ ।

भेरी अस्पतालले घर फर्काउँदैन कोराेनाका बिरामी

अस्पतालबाट उपचार नपाएर घर फर्काउने बाध्यता भेरी अस्पतालमा यतिबेला टरेको छ। चुस्त व्यवस्थापनको ज्वलन्त उदाहरणले कोराना महामारीमा समेत भेरीमा उपचार सम्भव भएको छ।

बाँकेको स्थिती झन् भयावहः दिनहुँ बढ्दै संक्रमण र मृत्युदर

नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिएको कोरोना महामारीको संक्रमण र मृत्युदर दिनहुँ बढ्दा बाँकेको स्थिती झन् भयावह बनेको छ। स्थिती भयावह बनेपछि यहाँका अस्पतालले सरकारसँग हार–गुहार गरिरहेका छन्। अस्पतालमा बेड विस्तार गरेपनि अक्सिजन पर्याप्त नहुँदा स्थिती झन् भयावह बनेको हो।

कोरोनाबाट भेरी अस्पतालमा थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा आज दिउँसो थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबै बाँकेका हुन्।

भेरी अस्पताल र मेडिकल कलेजमा आज थप तीनको मृत्यु

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका थप तीन जना संक्रमितको आइतबार मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा २ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो।

अस्पतालमा बेड छैन पालो कुर्दै जान्छ ज्यान

अस्पतालको बेड नपाएर घरमा बसेका धेरै संक्रमितको मृत्यु भइसकेको छ। कोरोना संक्रमितले अहिले अस्पतालको वार्डमा कसैको मृत्यु वा निको भएर घर फर्केपछि मात्र भर्नाका लागि पालो पाउने गरेका छन्।

भेरी अस्पताल र मेडिकल कलेजमा थप १० जनाको मृत्यु

बाँकेमा थप १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ८, बर्दिया र कैलालीका एक/एक जना रहेका छन् । नेपालगन्ज–१० बाँकेकी ५४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

भेरी अस्पतालमा जनशक्ति अभाव: कर्णाली स्वास्थ्य विज्ञानबाट चिकित्सकसहितको टोली जाँदै

नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसहितको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्