१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

स्कुल गएका सन्तोष १० दिनदेखि बेपत्ता

घरबाट विद्यालय गएका धादिङ धुषा– १ आदमाराका सन्तोष गिरी १० दिनदेखि बेपत्ता छन् । बेनिघाटस्थित चन्द्रोदय मावि कक्षा ९ मा अध्ययनरत १५ वर्षीय गिरी मंसिर १७ गतेदेखि हराएका हुन् । सन्तोषका बुबा शंकर भन्छन्, ‘बिहान स्कुल जान ड्रेस लगाएर घरबाट निस्किएको हो, स्कुल पुगेकै रहेनछ, आफन्त र साथीहरू भएको सबै ठाउँमा खोजियो कतै भेटिएन ।’

सवारीसहित चालक बेपत्ता

बेनी–जोमसोम सडकखण्डमा मङ्गलबार रातिदेखि चालकसहित जिप बेपत्ता भएको छ। म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गइरहेको ग २ प ३६६० नंको बोलेरो जिप सवारी चालक रमेश खड्कासहित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

हजारभन्दा बढी बालबालिका बेपत्ता

बालबालिका खोजतलास समन्वय केन्द्रले आव २०७२/०७३ मा हराएका १ हजार ५ सय २ जना बालबालिकामध्ये ४ सय ८ जना फेला पारेको छ। काठमाडौं उपत्यकामा १ सय ६७ बालक र ७३ बालिकासहित २ सय ४० जना हराएको जानकारी पाएकोमा १ सय ३३ बालक र ६२ बालिका गरी १ सय ९५ जना केन्द्रले फेला पारेको जानकारी कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले दिए।

रात्रि बस त्रिसुलीमा खस्दा नौ जना गम्भीर घाइते, केही बेपत्ता भएकाे अनुमान

काठमाडाैंबाट भैरहवा जान आउँदै गरेको लु१ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् ।

जर्मनीमा रसायनिक प्लान्ट विस्फोट, केही मानिस बेपत्ता र कैयौँ घाइते

फ्रान्कफर्ट(जर्मनी)- पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित एक रसायन उत्पादन गर्ने प्लान्ट विस्फोट हुँदा केही मानिस हराएका र केही घाइते भएको वास्फ कम्पनीले जनाएको छ।

डुंगा दुर्घटनाः ८ शव प्राप्त, बेपत्ता संख्या यकिन भएन, खोजी जारी

यात्रु बोकेको डुंगा शुक्रबार दिउँसो पौने २ बजेतिर माइखोलामा डुब्दा मृत्यु हुनेकाे ८ पुगेकाे छ। प्रहरीका अनुसार शुक्रबार रातिसम्म ४ मृतकको नाम खुलेको छ । इलाम महमाई–१ का ७५ वर्षे जसबहादुर राई, त्यही ठाउँकी ४५ वर्षीया डम्बरमाया मगर, महमाई–२ कै ३९ वर्षीया पवित्रा पौडेल र त्यहींका ५८ वर्षे हर्कबहादुर मगरको शव भेटिएको प्रहरीले जनाएको छ ।

बेपत्ता बालक झुन्डिएको अवस्थामा फेला

दुई दिनदेखि बेपत्ता रहेका बैतडीको गुरुखोलाका एक बालक मृत फेला परेका छन् । मृत फेला पर्नेमा गुरुखोला–६ सुनीका १४ वर्षीय वीरेन्द्र सिंह टेर रहेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए।

लोकमानको म्याद टाँस गर्ने सर्वोच्चका तामेल्दार बेपत्ता

अख्तियार प्रमुख लोकमान सिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतका तामेल्दार शम्भु खत्री सम्पर्कबिहीन भएका छन्। बिहान १० बजेसम्म सर्वोच्च प्रशासन सम्पर्कमा रहेका उनी एक्कासि सम्पर्कबिहीन भएका हुन्। उनको मोबाइल स्वीच अफ छ।

सप्तकोसीमा एक जना युवा डुबेर बेपत्ता

सप्तकोसी नदीमा आज दिउँसो नुहाउने क्रममा एक युवा डुबेर वेपत्ता भएका छन्। सुनसरी बराहक्षेत्र–१ स्थित सुनसरी–मोरङ सिचाईं आयोजनाको मुल नहरको मुहानको दक्षिणपट्टीको सप्तकोसीको सानो भंगालोमा नुहाउँदा महेन्द्रनगर– ९ का २६ वर्षीय देवराज सुवेदी डुबेर बेपत्ता भएकाका हुन्।

राम्चे भीर खस्दा एकको मृत्यु, दुई जना बेपत्ता

अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा राम्चे-७ पुरानो गाउँमा एक जनाको मृत्यु भएको छ। पहिरोले दुई जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन्। मृत्यु हुनेमा ३५ वर्षीय रामकुमार तिमल्सिना छन्। घाइते हुनेमा चन्द्रकान्त तिमल्सिना र कमला तिमल्सिना छन्।

छिमेकबाट विज्ञ र प्रबिधि ल्याएर भएपनि बेपत्ता घिमिरेको खोजी गर्न आग्रह

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले त्रिशुली दुर्घटनामा बेपत्ता पूर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा प्रयाप्त पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे अवस्था बुझ्न गृहमन्त्रीसहितकाे टाेली घटनास्थलमा

आइतबार मुक्तिनाथबाट फर्किँदै गर्दा जीप दुर्घटनामा परी त्रिशुलीमा बेपत्ता भएका पूर्व गृहमन्त्री माधव घिमिरेसहित तीन जनाको अवस्थाबारे बुझ्न गृहमन्त्रीसहितको सुरक्षा निकायका प्रमुखको टोली घटनास्थल पुगेको छ। गृहमन्त्री बिमलेन्द्र निधि, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, नेपाली सेनाका रथी वलदेवराज महत, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीसहितको टोली मंगलबार विहान घटनास्थल पुगेको हो।

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे खोजी कार्यलाई तीव्रता दिन मन्त्री लेखकको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। र्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कत्ति पनि कन्जुस्यार्इं नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिए।

जिपमा सवार तीनको मृत्यु, पूर्वगृहमन्त्री घिमिरेसहित तीन बेपत्ता

पूर्वगृहमन्त्री माधव घिमिरेसहित सात जना चढेको जिप आइतबार त्रिशूलीमा खस्दा तीन जनाको निधन भएको छ । घटनामा पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना बेपत्ता छन् । प्रहरीका अनुसार चालकको जीवितै उद्धार गरिएको छ ।

पूर्वगृहमन्त्री घिमिरे चढेको कार त्रिशुलीमा खसेर बेपत्ता, तीन मृतकको पहिचान

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको छ। मुग्लिङ प्रहरीले उनी चढेको कार पाैनै ५ बजे चितवको दारेचोक, घोप्टेभिरबाट त्रिशुलीमा खसेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्