१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पदाधिकारी र मन्त्रीबीच अाराेपप्रत्याराेप

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले काम गर्न नसकेको आरोप द्वन्द्वपीडितले लगाइरहेका बेला सरकार पक्षबाट पनि यी दुई आयोगका कामप्रति प्रश्नचिह्न उठाइएको छ।

बलपूर्वक बेपत्ताः जघन्य अपराध

आज अगस्ट ३० ‘बलपूर्वक बेपत्तापीडितको अन्तर्राष्ट्रिय दिवस’ हो । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका कारणबाट नेपालमा मनाइने कार्यक्रममा केही असर परे पनि योे दिवस विश्वभर मनाइँदैछ । सशस्त्र द्वन्द्वकालको लपेटाबाट नेपालमा १ हजारभन्दा बढी व्यक्ति अझपनि बेपत्ता छन् ।

राज्यबाट धेरै बेपत्ता, पीडित असन्तुष्ट

सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट धेरै व्यक्ति बेपत्ता पारिएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीका आधारमा ८५ प्रतिशत व्यक्ति राज्यले बेपत्ता पारेको हो ।

महोत्तरीमा स्कुल हिँडेका बालक बेपत्ता

विद्यालय जान हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन्।

पौडी खेल्न गएका वृद्धा त्रिशुलीमा बेपत्ता

त्रिशुली नदिमा पौडी खेल्न गएका एक जना बेपत्ता भएका छन्। धादिङको सिद्धलेक गाउँपालिका –६ स्थित त्रिशुली नदिमा पौडी खेल्न गएका नेत्रावती डपजोङ गाउँपालिका –१ मार्पाकका ७० वर्षीय तेजबहादुर अधिकारी बेपत्ता भएका हुन्। आइतबारदेखि हराइरहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

कमला नदीमा नुहाउँने क्रममा तीन बेपता, खोजीकार्य जारी

कमला नदीमा नुहाउने क्रममा शनिबार साँझ तीनजना बेपत्ता भएका छन्। बेपता हुनेमा सिरहा गोलबजार ४ का १४ वर्षीय मन्जय महरा, १५ वर्षीय राहुल महरा र अर्नामा गाउँपालिका ५ का १९ वर्षका कृष्ण कुमार महतो रहेका छन् ।

भक्कानिए द्वन्द्वपीडित

बेपत्ता व्यक्ति छानबिन आयोगसँग बयान दिनेक्रममा द्वन्द्वको घाउ कोट्याउँदै पीडित परिवार तथा आफन्तजन भक्कानिएका छन्।

बेपत्ता व्यक्तिका आफन्तसँग बयान, भक्कानिए पीडित

वेपत्ता व्यक्तिको छानविन आयोगसँग बयान दिने क्रममा द्वन्द्वको घाउ कोट्याउँदा पीडित परिवार तथा आफन्तजन भक्कानिएका छन्। आयोगले दुई दिनदेखि सदरमुकाम चौतारामा उजुरीकर्ता बेपत्ता व्यक्तिका परिवारका सदस्य तथा आफन्तसँग बयान लिइरहेको छ।

पहिरोले पुरिएर प्यूठानमा १ जना बेपत्ता

अविरल वर्षातसँगै आएको पहिरोमा पुरिएर प्यूठानकाे गाैमुखी गाउँपालीका ४ डाँडागाउँका झलकबहादुर सुनार बेपत्ता भएका छन्।

बेपत्ता प्रधानाध्यापकको ६ दिनपछि शव भेटियो

छ दिनदेखि बेपत्ता एक विद्यालयका प्रधानाध्यापकको शव भेटिएको छ। मोदी गाउँपालिका वडा नम्बर ६ स्थित दोबिल्लामा रहेको हरि प्राथमिक बिद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेल बुधबार कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारीस्थित अलपेश्वर गुफामा मृत अवस्थामा भेटिएका हुन।

गोक्यो तालमा बेपत्ता तीन छात्र खोज्न थप टोली परिचालन

शैक्षिक भ्रमणमा गएका बेला सोलुखुम्बुको गोक्यो तालमा बेपत्ता तीन छात्रको खोज तथा उद्धारका लागि थप उद्धार टोली खटिएका छन्। समुद्र सतहदेखि ५ हजार उचाईमा रहेको गोक्यो तालमा डुबेर बेपत्ता बनेका खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङस्थित खुम्जुङ माबिमा कक्षा ९ मा अध्ययनरत १७ वर्षीय पेम्बादोर्जे शेर्पा, १६ वर्षीय पेम्बानुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेका १६ वर्षीय सुनिल बराईलीको खोज तथा उद्धारका लागि शनिबार नेपाली सेना र नेपाल प्रहरीको थप टोली खटाइएका हुन्।

शैक्षिक भ्रमणमा गएका तीन बिद्यार्थी तालमा डुबेर बेपत्ता

सोलुखुम्बुमा शैक्षिक भ्रमणमा गएका तीन बिद्यार्थी गोक्यो तालमा डुबेर बेपत्ता भएका छन्। समुद्र सतहदेखि ५ हजार उचाईमा रहेको गोक्यो तालमा डुबेर खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङस्थित खुम्जुङ माबिमा कक्षा ९ मा अध्ययनरत १७ वर्षीय पेम्बादोर्जे शेर्पा, १६ वर्षीय पेम्बानुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चेका १६ वर्षीय सुनिल बराईली बेपत्ता भएका हुन्।

बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्किएका छन्। बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किएका हुन्।

असार ३२ गतेदेखि दुई बालिका बेपत्ता

खोटाङमा एकैसाथ दुई बालिका बेपत्ता भएका छन्। गत असार ३२ गते रातिदेखि खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कात्तिकेकी १३ वर्षीया अनिता श्रेष्ठ र १५ वर्षीया सपना तामाङ बेपत्ता भएका हुन्।

पहिरोमा परि एक बेपत्ता, एक घाइते

जुम्लाको पातारासी गाउँपालिका–५ मा गएको पहिरोमा परी १ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्