१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अस्तित्व समाप्त नपार: इपिएलको चेतावनी

एभरेस्ट प्रिमियर लिग (इपिएल) का ६ फ्रेन्चाइज टोलीले आफ्नो अस्तित्व समाप्त हुने गरी इपिएललाई मान्यता नदिएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) का सबै खाले गतिविधि बहिष्कार गर्ने चेतावनी दिएका छन्।

खेल पर्यटन र क्रिकेट: अवस्था बीस वर्षअघिकै

तटस्थ भूमिका रूपमा भारत र पाकिस्तानको खेल आयोजना गर्ने सम्भावनाबाट च्युत भएर नेपाल आफैं तटस्थ भूमिको खोजीमा युएईको चर्को धुप खेपिरहेको छ। गत महिना सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिप त्यसको बलियो उदाहरण हो। तर खेल पर्यटनको सम्भावनाबारे चर्का भाषण र मीठा कार्यपत्र प्रस्तुत हुने क्रम पनि निरन्तर नै छ।

पोखरालाई बदला लिने अवसर

‘दुई उत्कृष्ट टोली फाइनल प्रवेश गरेका हुन्। दुवै टोलीका लागि पहिलो पटक इपिएलको उपाधि उचाल्ने अवसर छ। जसले भोलि राम्रो प्रदर्शन गर्छ उही विजेता बन्ने हो। दुवै टोलीमाथि उत्तिकै दबाब छ।’

एभरेस्ट प्रिमियर लिगः रबाफिलो जितबाट चितवन फाइनलमा

तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाएको पोखरा १५ ओभरमा ६६ रनमै समेटियो। ओपनर रिचार्ड लेभीको १९ रन नै पोखराका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

काठमाडौंलाई ओसिलो मैदानको लाभ

ललितपुरले प्लेअफमा स्थान बनाउन काठमाडौंले बाँकीरहेका दुवै खेल हारेको कामना गर्नुपर्ने थियो। चौथो खेलमा काठमाडौं डिएलएसमा पोखरासँग १४रनले पराजित भएपछि ललितपुरको प्लेअफ प्रवेशको गणितीय सम्भावना ब्युँतेको थियो।

एभरेस्ट प्रिमियर लिगः काठमाडौंको प्लेअफ सम्भावना कठिन

काठमाडौंले लिगको अन्तिम खेल शरद् भेषावकरको भैरहवा ग्लाडियटर्ससँग खेल्नेछ। दोस्रो स्थानको भैरहवाको पनि शीर्ष दुई स्थानमा रहँदै क्वालिफायरमा पुग्ने लक्ष्यमा रहेकाले काठमाडौंले चुनौती पार गर्नुपर्नेछ।

एभरेस्ट प्रिमियर लिग: ओमरजाईले बनाए छिटो अर्धशतक

अज्मतुल्ला ओमरजाईले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान रचेको दिन शुक्रबार ललितपुर प्याट्रियट्सले शीर्ष चारमा बस्दै प्लेअफ प्रवेश सम्भावना कायम राखेको छ।

एभरेस्ट प्रिमियर लिगः पोखरा र भैरहवाको पहिलो जित

ललितपुरले प्रस्तुत गरेको ५२ रनको लक्ष्य पोखराले २ बलअगावै मात्र १ विकेटको क्षतिमा पूरा गरेको थियो ।

इपिएलका दुवै खेल रद्द

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सोमबारका लागि तय दुवै खेल रद्द भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं किङ्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल ओसिलो मैदानका कारण सम्भव नभएपछि रद्द भएको थियो।

अन्तिम बलमा चितवनलाई सफलता

१ सय ५२ रनको लक्ष्य चितवनले आठ विकेटको क्षति बेहोर्दै २०औं ओभरको अन्तिम बलमा पूरा गरेर रोमाञ्चक जित निकाल्यो। अन्तिम बलमा एक रन आवश्यक हुँदा राजेशले चौका प्रहार गरेका थिए।

इपिएलः चल्न सकेन अफ्रिदीको जादु

एभरेस्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करणकै सबैभन्दा ठूला स्टार साहिद अफ्रिदीको टोली काठमाडौं किंग्स–११ ले शनिबार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

इपिएल शनिबारबाट: लामो प्रतीक्षापछि चौथो संस्करण

यसबीच काठमाडौं किङ्स–११ का अफ्रिदीले दुई खेल मात्र खेल्ने भएपछि नेपाली समर्थकमा केही निराशा भने छाएको छ। आगामी सिजन भने पूरै खेल्ने आश्वासन दिएका अफ्रिदीले आइतबार नै माउन्टेन फ्लाइट जाने कार्यक्रम पनि बनाएका छन्।

नेपाल आफ्नो घरजस्तै – अफ्रिदी

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न बिहीबार नेपाल आएका छन्।

ललितपुरमा विराक्कोडी

साबिकको विजेता प्याट्रियट्सले २८ वर्षे विकेटकिपर ब्याट्सम्यान सन्दुनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो। इपिएलमा एक फ्रेन्चाइज टोलीले कम्तीमा तीन विदेशी खेलाडीलाई अनुबन्धित गर्नुपर्ने प्रावधान छ।

चितवन टाइगर्समा सेकुगे र विरनद्वीप

श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रसन्न र मलेसियाका विरनद्वीप सिंहले चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्