७ वैशाख २०८१ शुक्रबार
खेल

नेपाल आफ्नो घरजस्तै – अफ्रिदी

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न बिहीबार नेपाल आएका छन्।  

अलराउन्डर अफ्रिदीले काठमाडौं किङ्स इलेभेनबाट इपिएलमा सहभागिता जनाउँदै छन्। नेपाल आफ्ना लागि घरजस्तै भएको र यहाँ आउन पाउँदा आफू निकै हर्षित रहेको अफ्रिदीले बताए। ‘मैले नेपाल र नेपाली क्रिकेट समर्थकका बारेमा धेरै सुनेको थिएँ, यहाँ गरिने अतिथि सत्कारका बारेमा पनि मैले सुनेको थिएँ,’ अफ्रिदीले भने, ‘म धेरै खुसी छु। म यहाँ नेपाल र नेपालको क्रिकेटलाई सहयोग मिलोस् भनेर आएको हुँ।’

अफ्रिदीले इपिएलमा दुई खेल मात्र खेल्ने पनि बताए। इपिएलको चौथो संस्करण शनिबारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुँदै छ। काठमाडौंले ललितपुर प्याट्रियोट्सविरुद्धको खेलसँगै प्रतियोगितामा आफ्नो यात्राको थालनी गर्नेछ। 

असोज ९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौंसहित ललितपुर, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ टोलीको सहभागिता रहेको छ। 

प्रकाशित: ८ आश्विन २०७८ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App