२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बीस महिनापछि अमेरिकी सीमा खुला हुँदै

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ का कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए। ब्रिटेन र युरोपेली संघका देशहरुसहित ३० भन्दा बढी देशहरु अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुर्नमिलन हुन पाएको थिएन।

तस्करी रोक्न खोज्दा प्रहरीमाथि हातपात

मूल नाका छलेर भित्री बाटो हुँदै तस्करी भइरहेको सूचना आएपछि बाख्रा नियन्त्रण गर्न खोज्दा तस्करीले आफूमाथि हातपात गरेको असइ ओलीले बताइन्। तिहार नजिकिँदै गर्दा तस्करीले बाहिरी बाटो (चोर बाटो) बाट तस्करी गर्दै आएका छन्। ‘भित्री बाटो हुँदै बाख्रा तस्करी भएको सूचनाका आधारमा हामी पहिला दुई पछाडि दुईजना त्यहाँ गएका थियौं,’ असइ ओलीले भनिन्, ‘नियन्त्रण गर्न खोज्दा हामीमाथि उल्टै हातपात भयो।’

सर्लाही प्रहरीले बुझायो भन्सार छलीका हजारौँका सामान

सदरमुकाम मलंगवा नगरपालिका ५ भाडसर गाउँमा संचालनमा रहेको लोकल मदिरा भट्टीलाई जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा खटेको प्रहरी टोलीले नष्ट गरेको हो।

नेपाल–भारत आउनजान परिचयपत्र व्यवस्था गर्ने तयारी

खुला सीमा नाकाको फाइदा उठाउँदै अफगानिस्तान, म्यान्मारलगायत मुलुकबाट नेपाल पसेकाहरू शरणार्थीका रूपमा यहीं बसोबास गर्न थालेपछि गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो।

स्रोत नखुलेको रुपैयाँसहित एक जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरस्थित भेडियारीबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

१८औँ हस्तकला व्यापार मेला होटल ह्यात रिजेन्सीमा

हस्तकला महासंघले आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा १८औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रदर्शनी गर्ने भएको हो। मेला बारे बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

सुस्तामा नेपाल–भारत सीमा छुट्टयाउन माग

सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्टयाई जङ्गे पिलर कायम गर्न माग गरेको छ।

चतारा पुलबाट हाम फालेका बृद्ध बेपत्ता

उदयपुर र सुनसरीको सीमास्थल सप्तकोसीको पुलबाट आईतबार दिउसो हाम फालेर एक बृद्ध बेपत्ता भएका छन्।

गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज

नेपाल र भारतको सीमानाका गौर–बैरगनिया खुला भएको छ। दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो। कोरोनाको कहर बढेपछि २०७६ को चैतमा बन्द भएको सीमानाका १८ महिनापछि सञ्चालनमा आएको हो। नाका सञ्चालनमा आएपछि सीमावर्ती स्थानीयवासीलाई सहज भएको छ।

नाका नखुल्दा उपभोक्ता र व्यवसायी निराश

नेपाल सरकारले लामो समयपछि नेपाल भारत नाका खुलाउने निर्णय गरे तापनि रौतहटको सीमा जोडिएका भारतीय नाकाहरु नखुल्दा सर्वसाधारण उपभोक्ताले निकै सास्ती भोग्नु परेको छ।

नेपाल–भारत सीमामा श्रीपेच र राजदण्ड

नेपालगन्जको मुख्य चोक धम्बोझीमा राखिएको राजा वीरेन्द्रको शालिक जिल्ला प्रशासनले झिकेर केही वर्षअघि राष्ट्रिय झण्डा राख्यो। शालिक राख्ने र हटाउने भन्ने विषयमा प्रहरी र केही युवाहरूबीच झडपसमेत भएको थियो।

सीमा नाका खोल्न आनाकानी

सीमानाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवत–जावतमा कडाइ गरिरहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले पनि सीमानाका खोल्ने विषयमा माथिबाट कुनै निर्देशन नआएको बताएको छ।

सर्लाहीका आठवटै सीमानाका खुला

कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ। कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए।

सिडिओले गरे सीमा अनुगमन

मोरङ जिल्लाको भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको छ। नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो। मोरङमा भारतसँग ६३ दशमलव चार किलोमिटर खुला सीमा जोडिएको छ।

सिडिओले गरे सीमाको अनुगमन, दशगजामा बनेका संरचना हटाउन प्रहरीलाई निर्देशन

मोरङमा केहीदिन अघिमात्रै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ)काशीराज दाहालको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्