१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राहुल गान्धीको पुनरावेदन खारेज

मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ।प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो।

भारतीय प्रधानमन्त्री मोदीको छवी नेपालमा कस्तो छ, के मोदी र ओलीबीच तुलना हुन्छ?

नेपालका वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘नेपालका हिन्दूहरूमा मोदीप्रतिको क्रेज घटेको छ भन्ने मलाई लाग्दैन। नेपालको ८५ प्रतिशत भन्दा बढी जनसंख्या हिन्दू छन् र मोदी मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर र हिमालयमा ध्यान गर्छन् त्यसैले यहाँका हिन्दूहरूले मन पराउँछन्।’ उनी भन्छन, ‘नेपालका जनताले आफ्ना राजनीतिज्ञलाई पनि यस्तो गरेको देखेका छैनन्, जनताले ओली र मोदीबीच समानता खोज्छन् तर मैले कुनै समानता देख्दिनँ। ओली अवसरवादी हुन् तर मोदी हिन्दू धर्मप्रति पूर्ण प्रतिबद्ध छन्।’

भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा

प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदी बङ्गलादेशको २ दिने भ्रमणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणको क्रममा आज बङ्गलादेश पुगेका छन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा मोदीले बङ्गलादेशको भ्रमण गरेका हुन्।

बंगलादेशमा भारतीय प्रधानमन्त्री मोदी भ्रमणको विरोध

शुक्रबारको प्रार्थनापछि सुरक्षाको बीचमा ५ सय जना मुस्लिम ढाकास्थित बेतुल मोकर्रम मस्जिद बाहिर बाहिरको सडकमा गएर विरोध प्रदर्शन गरेका थिए। आन्दोलनकारीहरूले आफ्ना जुत्ताहरू हातमा लिएर मोदीलाई अनादर देखाएका थिए। उनीहरूले ढाका नआउनू भनेर भारत र मोदी विरोधी नारा लगाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्