१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘झरीको किरण’का ईन्द्रेणीमा डायस्पोरिक चेत

गोरखाकी चेली जानुका वस्ती ढकालको यो कृतिभित्र प्रक्षेपित भावले विचार, प्रतीक, बिम्ब, दुई विपरीत वादका बीचमा मिलनविन्दु प्रस्तुत गरेका छन् । उपमा तथा उपमेयको प्रयोग भएका छन् । यही विशेषताका कारण पनि कृति सुन्दर बनेको छ । पहिलो धक्कामा नै असङ्गत परिवेश हल्लिएको छ । कविताका सौन्दर्य शास्त्रका आधारमा पनि विचार सौन्दर्यको परिपाक पुगेको छ । यो प्रयत्नलाई सलाम छ जानुका।

दाइको कपुर बसाउने सुटकेश

सँगै बस्ने रहर त थियो नि ! तर भएर के गर्नु माटो खाएर भएन । फेरि घरमा नन्द पनि छिन् । खानलाउन दिनै प¥यो । आँगन पोलेर दिने हामीले नैं हो । अरू दाजुभाइले गर्लान् भन्ने आश छैन। छोराछोरीले आफूले भनेको भएन भने डाँडो खोलो हल्लाउँछन् । सोचमग्न कुबिजा कतिवेला आँगनमा पुगी पत्तो पाउँदिन ।

विगत र बाडुली पढ्दा

अभिव्यक्तिको मौलिक शैली र शब्द छनोट पनि अत्यन्त रोचक लाग्यो मलाई । ’मेरो गणितले अलि धर्म छोडेकाले,’ ’समय घोडालाई पछाडि दौडाएर छोरीभन्दा कान्छी हुने लालच ममा उम्रियो,’ ’मेरो मनाले गुलिया लड्डू खान्छ,’ – यसप्रकारको शैली भनुँ वा अभिव्यक्ति भनुँ, ले गर्दा पढ्नमा अत्यन्त आनन्द आयो। कतैकतै तिनै उपमाहरूले बडा मिठो हास्यरस पनि थपेको देखें। “तिम्रो बुहारीको सिङ पनि छ ?’ लाटोबुङ्गोको कथा याद आयो,’ ’दाँत नभएको मान्छेको हातमा उखुको टुक्रा जस्तो,’ ’माइजूका दाजुको साला जत्तिको नातेदार पनि नभएपछि’ जस्ता वाक्यहरूले पढ्दापढ्दै एकछिन रोकिएर हाँस्न बाध्य गराए।

कलेजी रंगको गुलाफ

लेनिनको दर्शन गर्दा गर्दै अलेक्सिका आँखाबाट बलिन्द्र धारा आँसु बगे । लहरमा रहेका अरू मान्छेका अनुहारतर्फ पनि आँखा दौडाएँ । तिनीहरूमध्ये धेरैको आँखा टिलपिल भएका थिए । धेरै रसियालीहरू त अलेक्सिजस्तै भावविभोर बनिरहेथे । म पनि निस्तब्ध बनेँ ।

कुवाजस्तो होइन जीवन, गतिशील खोला हो यो

कुवाजस्तो होइन जीवन, गतिशील खोला हो यो, जे आँट्यो त्यही पुर्याइदिने मनचिन्ते झोला हो यो। बोलीसँगै व्यवहार गर्दा सधैं सम्झिराख्नु ! अजम्बरी कोही छैन, मरिजाने चोला हो यो।

बिहेपछि

श्रीमतीका आँखा एकाएक बेलनुझैं फुलेर ठुला भए त्यतिबेलै पड्केलान् कि जस्तो। मुखबाट गोली निस्क्यो– ‘तिमी लोग्नेमान्छेहरूलाई के थाहा हामी आइमाईको व्यथा। तिमीहरूले पनि हामीहरूले जस्तै बिहेपछि आफ्ना बाआमा छोडेर अर्काको घर आउनपरेको भए बल्ल थाहा पाउँथ्यौ। कहिलेकाहीं नियाँस्रो लागेर यसो बाआमासँग बस्न जान्छुभन्दा पनि केको किचकिच गर्या होला ?’

उ रनपाओ – चीनको वैभवशाली गाउँको अन्तर्कथा

आफूले नेतृत्व गरेको गाउँका जनतालाई अनेक सुविधा दिएका उनले न दर्शनशास्त्र पढेका थिए न त कलेज नै धाएका थिए। तैपनि, उसले माक्र्सवादी दर्शन र आधारभूत सिद्घान्तका वास्तविक सारतत्वलाई ग्रहण गर्ने खालको समुदायको रूपमा स्थापित गर्ने नेतृत्व गरे। जहाँ उनले गरिबी मात्र हटाएनन्, खुद प्रतिव्यक्ति आय दसौं हजार डलरसमेत पुरयाए । उ रनपाओको सफलता उच्च विश्वास र दृढ सङ्कल्पले गर्दा नै हो । अनि उनलाई महान् बनाउने कुरा भनेको उनले आधुनिकीकरणका लागि आफ्नो व्यावहारिक दृष्टिकोण र धैर्यबाट सिर्जना गरेको ह्वासी स्पिरिट मोडेल हो ।

कथा

तर कंगारुले जसरी हुर्काउनु छ छोराछोरीहरू फरक छ नि हगि जिन्दगी जिउने र भन्ने वास्तविक कथाहरू हो कस्ले पढछ र? नलेखेका कथाहरू कसले हिँड्छ र ? अँध्यारा बाटाहरू !

प्रश्नहरूको पहाड

भन्दिनू तिम्रो सिहंदरबारलाई अब रोमीपोमीहरू वालाखामा बिसाउँदैन ऊ आउँदै छ...आँधीको वेगसँगै गाउँदै – गाउँदै रिसिया नाच्दैनाच्दै चासुङ र नारावा सिली एकैपटक माग्नेछ तिमीसँग सयौं प्रश्नहरूको उत्तर अनि खोज्ने छ पुरानो हिसाबकिताब।

मेरो अस्तित्व

लमतन्न पस्रिएको सडक, रातबिरात हिँड्ने भुसिया कुकुरहरू र म बाटो काटाकाट गर्दै अघि बढिरह्यौँ । मनले योचाहिँ रहेको थियो कि जानुपर्ने कतै नहोस्, यही बाटोमा हिँड्दाहिँड्दै महाप्रलय भइदियोस् र खर्लम्म निलिदेओस् आफ्नो अस्तित्वलाई । आखिर फरक त केही छैन सडक र ममा । एक प्रकारको सडक नै त हुँ म, ममाथि सबैजना निर्विघ्न हिँड्छन् । छोडेको स्वास्नीदेखि सबै जना ममाथि आआफ्ना शरीरका मैला झार्छन् र मेरो व्यक्तित्वमाथि थुकेर हिँड्छन् ।

भूत !

“सोह्रै आना भूत हो । यसमा त शङ्कै छैन । भूत नभएको भए यति छिटै कसरी हराउँछ । हेर्दा हेर्दै गायब भएको देखिनौ? मलाई लाग्छ त्यो भुत बगरको ठुलो ढुङ्गामुनि पसेको हुनुपर्छ ।”

सत्ता प्रवृत्ति

फेरि पनि निरीह भई म हेरिरहेछु सत्ता प्रवृत्ति ठुलाठुला काण्ड भए, हत्या भए हिंसा भए तर दोषी करार भएन त्यसैले त यो मन भनिरहन्छ हे मन! विकास खोई ? समृद्दि खोई, सुशासन खोई ? शान्ति र सुरक्षा खोई ? उपचार खोई ? अनि न्याय खोई ? म हेरिरहेछु अनुत्तरित भई त्यहीँ सत्ताको प्रवृत्ति यहाँ !!

अस्पतालकी नर्स

बिस दिनसम्म अस्पतालमा जीवन मृत्युको लडाइँ लड्दा साथ दिने रविनाको व्यवहारबाट प्रभावित भए। प्रविनले छुट्टी पाउने बेलामा सबै डाक्टर नर्सले फूल दिएर विदा गर्न लाइन लागे । प्रविनले त्यही फूलबाट सुन्दर गुलाबको फूल दिँदै रविनालाई सोधे – वील यू म्यारी मि ! रविनाले मुस्कुराएर फूल समातिन् । त्यसै बेला बुबाले भन्नुभयो –कोरोना सधैं खराब हुँदैन रहेछ।

एक्काइसौं शताब्दी

गाउँ हो। सुन्दर वातावरणको गाउँ। लोभलाग्दो भैसकेको थियो मेरो गाउँ । नहर कुलोमा सललल बगेको पानी । वरिपरि वरपिपलको चौतारी। खेतमा हरियाली फाँटहरू। कतै उखु बारी त, कतै पटुवा बाली। कतै धानका बीउका हरियाली सिरिरी हावाले हल्लाएको। आहा कति राम्रो।

आज्ञा पालन

“डाक्टर भनेका भगवान हुन् । लौ बाबू बचाउनु पर्यो, भन्नुभएको होइन ? खान नमानेपछि कसरी बचाउने र ? आज्ञापालन गर्नुपर्यो नि बाँच्न त ! नत्र माथिका भगवानसँग पुगिन्छ बा !” डाक्टरले बाजेलाई खुवाएरै छोडे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्