१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

अस्पतालकी नर्स

लघुकथा

ममता मृदुल

प्रविनले एमबिए सकेर नजिकैको बैंकमा जागिर खान थालेपछि बिहेका कुरा आउन थाले । विधुर बाबु स्याहार गर्ने केटी कहाँ पाइन्छ भनेजस्तो केटी पाइएको छैन।  

एक दिन ज्वरो आएर टाउको अचाक्ली दुख्न थाल्यो । अति भएपछि प्रविनले बुबालाई अस्पताल लिएर गए। डाक्टरको सल्लाहबमोजिम  दुवै जनाको पिसिआर टेस्ट गरियो।  

ज्वरोको औषधि लिएर घर आए । तीन दिनपछि  दुवैजनाको कोरोना पोजेटिभको रिपोर्ट आयो।  

 सबैको नजरमा कोरोनाले अपराधिजस्तै बनायो । छिमेकी इष्टमित्र सबै टाढा भए। बोल्न डराउन थाले।

पैसा भए पनि किनेर खान पाएनन्।  

बाबुछोरा दुवैजनाले आइसोलेसनमा बस्ने निर्णय गरेर घरमा छाडे।

संसार अँध्यारो भयो। जीवन मृत्युको लडाइँ  लड्न सजिलो छैन। बुबालाई धेरै गार्हो भएको प्रविनले हेरिरह्यो।

एउटी नर्सले रातदिन खटेर बुबाको ध्यान राखिरहेकी थिइन्।  त्यहा ‘खटिएका नर्सहरू मध्ये उनीले सबैको स्याहार गरेको देखेर प्रविनले उनको नाम सोध।  

रविना भनिन् ।  

त्यसपछि उनीसँग कुरा गर्न थाले।  

बिस दिनसम्म  अस्पतालमा जीवन मृत्युको लडाइँ लड्दा साथ दिने रविनाको व्यवहारबाट प्रभावित भए।  

प्रविनले छुट्टी पाउने बेलामा सबै डाक्टर नर्सले फूल दिएर विदा गर्न लाइन लागे । प्रविनले त्यही फूलबाट सुन्दर गुलाबको फूल दिँदै रविनालाई सोधे – वील यू म्यारी मि !

रविनाले मुस्कुराएर फूल समातिन् । त्यसै बेला बुबाले भन्नुभयो –  कोरोना सधैं खराब हुँदैन रहेछ।

प्रकाशित: २३ जेष्ठ २०७८ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App