coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी कारागार चलान

ज्यान मार्ने उद्योगमा कैद सजाय सुनाइए पनि फरार रहेका प्रतिवादी कारागार चलान भएका छन्। ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट ४ वर्ष कैद र ५ हजार १ सय जरिवाना हुने सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाका खेमराज बुढाथोकी कारागार चलान भएका हुन्।

गुण्डा नाइके बाघे पक्राउ

प्रहरीले गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

लागु पदार्थ सहित एक वृद्धा पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिका–१ चौराहामा ठेलामा व्यवशाय गर्दै आएकी एक महिला आज लागुपदार्थ सहित पक्राउ परेकी छन्।

लागूऔषधसहित दुई पक्राउ

प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ।

रोल्पामा विप्लवका कार्यकर्ता पक्राउ

रोल्पा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला स्तरीय नेतालाई पक्राउ गरेको छ। जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका माडीगाउँपालिका घर्तीगाउँका देवबहादुर वलीलाई इलाका प्रहरी कार्यालय घर्तीगाउँले पक्राउ गरेको हो। भदौ १६ गते घर्तीगाउँबाट उनलाई पक्राउ गरिएको रोल्पा प्रहरी प्रमुख डिएसपि दिपक खड्काले बताए।

बलात्कार आरोपमा मिठार्इ पसले पक्राउ

इलाका प्रहरी कार्यालय बनेपाले किशोरी बलात्कार आरोपमा स्थानीय मिठाई पसलका सञ्चालकलाई पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा धुलिखेल–११ घर भई बनेपा, त्रिभुवनचोकमा अरनिको हाइवे स्विट्स एन्ड चाट हाउस सञ्चालन गर्दै आएका २५ वर्षीय रामशरण हुमागाईं पक्राउ परेका हुन् ।

विष्णुमती पुलबाट चितुवाको छाला सहित एक पक्राउ

काठमाडौंबाट प्रहरीले चितुवाको छाला सहित एक जनालाई पक्राउ गरेको छ। मित्रनगरस्थित यवाङ गेष्ट हाउसमा बस्ने रोल्पा यवाङ गाउँपालिका १ घर भएका २२ वर्षीय अनमोल झाक्री मगरलाई चितुवाको छाला सहित पक्राउ गरेको हो। उनलाई बसपार्कको विष्णुमति पुल नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

चोरी गरेको आरोपमा दुई पक्राउ

रसुवामा जाली चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालिका गाउँपालिका–३ का उज्जवल देवकोटा र वीरबहादुर तामाङ रहेका छन्। चोरीमा संलग्न रहेका रमेश अधिकारी फरार रहेको प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले बताए। सिम्ले भोर्ले सडक खण्डको लागि बुनिएका ९ थान जाली र नबुनेको एक रोल तार उनीहरूले चोरी गरेका थिए।

फरार बलात्कारका आरोपी पक्राउ

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

भन्सार छलीकाे सामग्री सहित एक पक्राउ

भन्सार छली ल्याइएको सामान सहित एकजना पक्राउ परेका छन्। करीब ११ लाख ४८ हजार रुपैयाँ बराबरको सामग्री सहित सशस्त्र प्रहरी टोलीले कैलालीको धनगढीबाट सोहि स्थान बस्ने ३१ वर्षीय बिरबहादुर बोहरालाई आइतबार पक्राउ गरेको हो।

प्रेमिकालाई धोका दिने प्रेमी पक्राउ गर्न फायर !

सामान्य मानिसलाई पक्राउ गर्न प्रहरीले काठमाडौं महानगरपालिका सिटिसी मलको गेट नजिक गोली चलाएको छ। विहान १२ बजेको समयमा महानगरीय प्रहरी परिसरबाट खटिएको सादा पोशाकको टोलीले सामान्य नागरिक किसान राईलाई पक्राउ गर्न भन्दै गोली चलाएको हो।

महानगरमा विस्फोट गराउने तीन पक्राउ

विराटनगर महानगरपालिकामा बम विस्फोट गराउन संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका  २ का मनोजकुमार सिंह, सिरहा लक्ष्मीपुरपतार ३ नया“ टोलका अभिमनु गिरी र सिरहा सुखिपुर नगरपालिका ५ का रामरिझन यादव रहेका छन्।

गुण्डा नाइके दावा लामा पक्राउ

गुण्डा नाइके दावा लामा पक्राउ परेका छन्।लामालाई प्रहरीले दुबईबाट दिल्ली हुँदै काठमाडौं आउने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रकाउ गरेको हो।

विप्लव नेतृत्वको नेकपाका झापा इन्चार्ज र सेक्रेटरी पक्राउ

भारतीय सीमा क्षेत्रनजिकैबाट बुधबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ कार्यकर्ताको नाम प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्