७ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

क्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जना पक्राउ

अज्ञात समूहको गोली प्रहारबाट कलैयाका राम राजा बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको हत्याको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा एउटै मोटरसाइकलमा सवार तीन जनाको समूहले क्याम्पस प्रमुख कुशवाहा माथि गोली प्रहार गरेको खुल्न आएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

शुक्रबार साँझ करिब साढे ५ बजे खजुरिया स्थित घरबाट मोटरसाइकलमा सवार भएर कलैया तर्फ आउँदै गर्दा बाटोमा पर्ने बतरामा टोलमा कुशवाहा माथि अज्ञात समूहले एक राउन्ड गोली प्रहार गरि घाइते बनाएका थिए । पछि उनको वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रकाशित: ३२ जेष्ठ २०८१ २१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App