७ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

रकम माग गर्ने तीनजना पक्राउ

रकम माग गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी बनेर धम्क्याई रकम माग गर्ने तीनजनालाई प्रहरीलाई बुधबार राति पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका ९ का माछागढका २५ वर्षीय मानबहादुर सुनार, २२ वर्षीय निरज नेपाली र २२ वर्षीय हिमाल बिक रहेका छन्। बाँसगढी नगरपालिका ७ कालाबन्जरस्थित जंगलमा भे १ ख ३५०७ नम्बरको ट्रक रोकी रकम माग गरेका थिए।  

बाँसगढी नगरपालिका ६ दमौलीका शक्ति श्रेष्ठ ट्रक चालकको मिलेमतोमा तीनजनाले रकम माग गरेका थिए। ट्रक रोकी जिल्ला बहराइच थाना मोतीपुर ग्राम स्थायी वतन भई हाल गुलरिया नगरपालिका ५ स्थित लक्ष्मी ट्रेड एन्ड सप्लायर्समा कामदारका रुपमा काम गर्दै आएका ३६ वर्षीय इलियास शेषलाई बोलाई आफूहरु सादा पोशाकका प्रहरी हौं भनी रकम माग गरेका थिए।

पक्राउ परेका तीनजनाले शेषसँग ५ हजार रुपैयाँ दिए मात्र ट्रकमा लोड भएको कवाड सामान लग्न पाइने धम्की दिएका थिए। प्रहरी सूचना पाउनासाथ उक्त स्थानमा पुगेको थियो।

रकम माग्ने कार्यमा संलग्न तीनजनालाई नियन्त्रणमा लिई कानुनबमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले जनाए। रकम माग्न लगाउने मुख्य योजनाकार ट्रक चालक शक्ति श्रेष्ठ फरार छन्। फरार श्रेष्ठको खोजी भइरहेको डिएसपी अर्यालले जानकारी दिए।

प्रकाशित: २१ वैशाख २०८१ १८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App