३१ वैशाख २०८१ सोमबार
image/svg+xml

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवत रुपमा सञ्चालनमा

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए।

गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्न पाँच कम्पनी इच्छुक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरण सुरु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ।

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ: मन्त्री आले

आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुगेका उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताएका हुन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु

बिहीबार बेलुकी आएको एरो थाईको विमानबाट यान्त्रिक परीक्षण उडान थालिएको हो। शुक्रबार मध्यान्ह १२ बजे र अपरान्ह ५ बजे यान्त्रिक परीक्षण उडान गरिएको थियो। यो उडान हरेक दिन दुई सिफ्ट सञ्चालन गरिने विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुल्दै

आजदेखि परीक्षणका लागि एक सातासम्म यान्त्रिक उडान हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी बुद्ध पूर्णिमाको दिन (२०७९ जेठ २) देखि व्यावसायिक उडान।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

तत्काल परीक्षण उडानको व्यवस्था मिलाउन माग

हालसम्म ९८ प्रतिशत निर्माण कार्य सकिएको भनिएको विमानस्थल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) नहुँदा सञ्चालनमा ढिलाइ भएको भन्दै संघले थाइल्यान्डको एरोथाई कम्पनीले समयमै परीक्षण उडान नगरे विकल्प खोजेर यथाशक्य चाँडो विमानस्थल सञ्चालनको प्रबन्ध मिलाउन सुझाव दिएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: तत्काल परीक्षण उडानको व्यवस्था मिलाउन माग

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तत्काल परीक्षण उडानको व्यवस्था गर्न माग गरेको छ। बिमानस्थल संचालनमा ढिलाइ नगर्न आग्रह गर्दै संघले यथासिघ्र सञ्चालनको प्रवन्ध मिलाउन सरकारसंग माग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्