१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

वैदेशिक रोजगारीमा जानेलाई नक्कली लाइसेन्स बेच्ने पक्राउ

महानगरीय प्रहरी परिसर जावलाखेलले नक्कली लाइसेन्सको कारोबार गर्दै आएका दुई व्यक्तिलाई पक्राउ गरेको छ।

विमानस्थलबाट नक्कली पुलिसले फिल्मी शैलीमा अर्बौं लुटे

दक्षिण अफ्रिकाको जोहनेसवर्ग विमानस्थलबाट एक लुटेरा समूहले अर्बौं नगद रकम लुटेका छन्। लुटेराहरुले पुलिसको पोशाकमा विमानस्थलमा पुगेर लुटेका थिए। विमानस्थलको कोही पनि छिर्न नपाउने ठाउँमा उनीहरु विना रोकटोक बसेका थिए।

उल्थाका नाममा नक्कली प्रमाणपत्रको कारोबार

विदेशबाट प्राप्त गरेका सवारीचालक अनुमति पत्र, सिफारिस पत्र र अनुभव पत्र नेपालीमा उल्था गर्ने बहानामा नक्कली बनाउने गिरोहका दुई सदस्य पक्राउ परेका छन्।

नक्कली एसपी को यस्तो ठगी धन्दा

श्रीमान विदेशमा भएकी एक महिलाको भएभरको सम्पत्ति ठगिसकेपछि भारत लगेर बेचेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन्।

नक्कली सुन

कोठाभित्र पसेर ढोका लगाएँ। उनलाई खाटमा धकेल्दा मेरो गन्जीमा समाएर तानिन्। बत्ती बालेँ, तर उज्यालो भएन। सधैँ अरुको सुक्षाका लागि बोक्ने खुकुरी मैले उनको घाँटीमा बजारेँ। मैले आफ्नै हातलेे मेरी श्रीमती मारेको हुँ। त्यही सजायँ भोग्दै छु। छोरीलाई जसरी भए पनि क्यानडा पठाइदिनु होला।

नक्कली मोबाइलमा सक्कली नम्बर हालिने

नेपाल दूरसञ्चार प्राधिकरणले हाल प्रयोगमा रहेका आइएमइआई नम्बर (इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर) नभएका मोबाइल सेटलाई पनि दर्ता गर्ने भएको छ। आयातित मोबाइलको आइएमइआई नम्बर दर्ता सुरु गरिसकेको प्राधिकरणले हाल देशभर प्रयोगमा रहेका र सक्कली नम्बर नभएका मोबाइललाई एकपटक मौका दिएर दर्ता गराउन खोजेको हो।

नक्कलीको बिगबिगी

अहिले मुलुकमा केही त्यस्ता सामान पाइन्नन् जुन सक्कली होस्। बिजुलीका सामानदेखि दैनिक भान्सामा प्रयोग हुने तरकारी हुँदै औषधिसमेत नक्कलीकै छ्याप्छ्याप्ती छ। लगाउने कपडा होस् या पढ्ने पुस्तक, मुखमा लगाउने मास्क होस् वा मोटरसाइकल, सबै नक्कली सामानको बिगबिगी छ।

नक्कली नागरिकतासहित २ बंगलादेशी नागरिक पक्राउ

सुनसरी प्रहरीले ६ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनालाई आज प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

सार्वजनिक संविधान संशोधन मस्यौदा 'नक्कली’

सरकारी पक्षबाट छलफलका लागि मोर्चालाई पठाइएको भनी सार्वजनिक संविधान संशोधन मस्यौदा नक्कली भएको सरोकारवालाले बताएका छन्। सरकारले मोर्चालाई कुनै मस्यौदा नपठाएको र यसमा उल्लिखित विषयवस्तुबारे छलफल नै नभएको दुवै पक्षले स्पष्ट पारेका छन्।

नक्कली एटिएमबाट पैसा झिक्ने बुल्गेरियाली ठमेलबाट पक्राउ

काठमाडौँ- नक्कली एटिएम कार्डको प्रयोग गरी अन्य व्यक्तिको रकम निकाल्ने कार्यमा संलग्न एक बुल्गेरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली र ठूला लगानीका मारमा अगरबत्ती उद्योग

सीमामा हुने अवैध व्यापार, तयारी धुपमा न्यून भन्सार मूल्यांकन, ठूला लगानीका कम्पनीसँगको अस्वस्थ प्रतिस्पर्धाले स्वदेशी लगानीमा सञ्चालित अगरबत्ती उद्योग मारमा परेका छन्।

नक्कली साँचो बनाई गाडी लैजाने पक्राउ

विगत चार महिनादेखि पार्किङ गरिरहेका विभिन्न सवारी साधनको नक्कली साँचो बनाई अन्यत्र लैजाने कार्य गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली नोट छाप्ने दुईजना पक्राउ

-नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम झुला–६ का १९ वर्षीय डिभाइड भनिने खीमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलङ्गाको पातुखोलामा होटेल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोरालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

नक्कली पेस्तोल भिरेर पासपोर्ट बनाउन आएका व्यक्ति नारायणहिटीबाट पक्राउ

काठमाडौं—काठमाडौं महानगरपालिका–२ राहदानी शाखामा राहदानी बनाउन आएका एक जना पक्राउ परेका छन्।

५ सयको टिकट हजारमा बेच्ने र नक्कली प्रहरी बनेर ठग्ने पक्राउ

काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोकस्थित रातुकमला टिकट काउण्टरका कर्मचारी पक्राउ परेका छन्। कोटेश्वर बस्ने महोत्तरी बर्दिवास–२ का २९ वर्षीय राकेश शाहलाई काठमाडौंदेखि सिन्धुली जाने गाडीको तोकिएको ५ सय रुपैयाँ मूल्य पर्ने टिकट १ हजार रुपैयाँमा बिक्री गरेको अवस्थामा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्