१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

२५ बुँदेको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी हुन्ः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भएको २५ बुँदे विज्ञप्तिको बचाउ गरेका छन्। नेपाल र भारतबीच भएका सहमति र सम्झौताहरुले राष्ट्रिय स्वार्थमा आँच नआउने उनले दावी गरे।

नक्कली भनिएका चिकित्सकलाई सफाइ

शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपसहित पक्राउ परी पर्सा जिल्ला अदालतमा ठगी मुद्दा चलाइएका पर्साका आठजना चिकित्सकले सफाइ पाएका छन्।

दुई नक्कली डाक्टर सिआइबीद्वारा पक्राउ

काठमाडौं—प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

दुई नक्कली डाक्टर पक्राउ

काठमाडौँ-प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

‘नक्कली मुचुल्का’ बनाएर ३७ लाखको गुट्खा गायब

वीरगन्ज-वीरगन्ज उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेका विभिन्न फर्म तथा पसलबाट जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले साउन ३० गते बरामद गरेको गुट्खा जिल्ला प्रशासन कार्यालयबाट गायब भएको छ। जिप्रकामा तयार एउटा मुचुल्कामा भने गुट्खा नष्ट गरिएको उल्लेख छ।

१० हजार दिए हातैमा नक्कली सवारी लाइसेन्स

यातायात व्यवस्था कार्यालयहरूले चालकलाई सवारी लाइसेन्स दिँदा नै लापरबाही गरेको गुनासो आइरहेका बेला झापामा धमाधम नक्कली लाइसेन्सधारी भेटिएका छन्। एकपछि अर्कोसँग नक्कली लाइसेन्स फेला परेपछि  यो धन्दामा  गिरोह नै सक्रिय रहेको प्रहरी बताउँछ।

नक्कली छोरा बनी जग्गा पास गर्ने दाजुभाइ पक्राउ

काठमाडौँ- नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१६ बस्ने ६९ बर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुशीबु टाउन प्लानिङ बस्ने ५६ बर्षीय मोहम्मद बसिमलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

नक्कली प्रमाणपत्रको पीडा

साउन ३१ गते काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटना भयो। २७ जनाको मृत्यु भयो। ५० जना घाइते भए। बसको चालकको लाइसेन्स नक्कली भएको सार्वजनिक भएको छ। गत महिना अख्तियारले नक्कली प्रमाणपत्र लिई डाक्टरी पेसामा लागेका केहीविरुद्ध कारबाही चलाएको छ।

नक्कली बाबुरामको रोमान्स

चर्चित हास्यशृंखला ‘मेरी बास्सै’मा नक्कली बाबुराम भट्टराई बनेर दर्शकमाझ चिनिएका कलाकार ज्योति काफ्ले हिरो बनेका छन् । रंगपत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको फिल्म ‘लालजोडी’का हिरो ज्योतिले अभिनेत्री रजनी केसी र आयुष्मा कार्कीसँग रोमान्स गरेका छन् ।

नक्कलीलाई बिरामी जाँच्न नदिनू

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्र लिएको अभियोग लागेका चिकित्सकलाई बिरामी जाँचमा रोक लगाउन निर्देशन दिएका छन्। दाहालले आइतबार स्वास्थ्यसचिव डा. सेनेन्द्रराज उप्रेतीलाई टेलिफोन गरी अनुसन्धान दायरामा रहेका चिकित्सकलाई तत्काल काम गर्न नदिन निर्देशन गरेका हुन्।

फेरि दुई नक्कली डाक्टर पक्राउ

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा पेसामा संलग्न थप दुई जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली चिकित्सकविरुद्ध सञ्चालन गरेको अप्रेसन क्वाकअन्तर्गत उनीहरू ललितपुर र काठमाडौंबाट पक्राउ परेका हुन्।

‘नक्कली गोरक्षकसँग सावधान’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाईका नक्कली संरक्षकका कारण तनाव फैलिएको आरोप लगाएका छन् । आइतबार तलंगाना राज्यमा बोल्दै उनले गो रक्षाका नाममा गोरख धन्दा भइरहेको आरोप लगाए । शनिबार पनि मोदीले ८० प्रतिशत मानिस गोरक्षाका नाममा गलत धन्दा गरिरहेको आरोप लगाएका थिए ।

तीन वर्षमा तेब्बर नक्कली नोट

बजारमा पछिल्लो समय नक्कली नोटको कारोबार निकै फस्टाएको छ। नक्कली नोटको बिगबिगी बढेपछि आफूसँग भएको नोट सक्कली हो वा नक्कली छुट्ट्याइमाग्न नेपाल राष्ट्र बैंक धाउनेको संख्या बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक् अनुसार, बैंक तथा वित्तीय संस्था र व्यक्ति विशेषको हातमा नक्कली नोट पर्ने क्रम बढेको छ।

रोजगारीमा ठग्न तमसुक नै नक्कली

अवैध बाटोबाट कोरिया पठाउने भन्दै एजेन्टले कास्की पामेका भरत थापासँग दुई वर्षअघि साढे ६ लाख रुपैयाँ लिए। तमसुक जम्मा दुई लाख ५० हजार रुपैयाँको मात्र गरिदिए। बाँँकी चार लाख रुपैयाँ बुझेको सामान्य रसिद थमाइदिए। तमसुकमा घर व्यवहार चलाउन सापटी लिएको बेहोरा उल्लेख छ।

जग्गाको नक्कली नक्सा बनाएर बैंक ठगी

कम्पनी नै खोलेर नक्कली कागजपत्रका आधारमा बैंकलाई ठगी गरेको आरोपमा एकजना कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्रेको छ। प्रहरीले हाल सिभिल बैंकमा गाभिएको पशुपति विकास बैंक केन्द्रीय कार्यालय बनेपा शाखाका तत्कालीन प्रमुख विनोद कार्कीसहित अन्य ६ जनालाई पक्रेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्