बस्ती बसाउन एनजिओ दर्ता
सर्दु जलाधार क्षेत्रको विवादित धरान–४, छोटी–मोरङस्थित जग्गामा बस्ती बसाउन भूमाफियाहरूको गिरोहले एनजिओ दर्ता गरेर पैसा उठाउन थालेका छन्।
सर्दु जलाधार क्षेत्रको विवादित धरान–४, छोटी–मोरङस्थित जग्गामा बस्ती बसाउन भूमाफियाहरूको गिरोहले एनजिओ दर्ता गरेर पैसा उठाउन थालेका छन्।
मिनी संसदको चुनाव मानिने नेपाल बार एसोसिएनको अब हुने निर्वाचनमा न्यायपालिका सुधारको विषय जबर्जस्त ढंगले उठ्ने भएको छ। प्रजातान्त्रिक कानुन व्यवसायीहरूको समूहले मुलुकमा एक दशकभन्दा लामो समयदेखि प्रचलनमा रहेको ‘संसदीय सुनुवाइ’ व्यवस्थाको विकल्प खोजिनुपर्ने विषय अजेन्डा बनाएको छ भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनले यसमा परिमार्जन खोजेको छ।
र्याप संगीतको विकासका लागि नेपालमै पहिलोपटक प्रतियोगितात्मक ‘र्याप ब्याटल अफ नेपाल २०१९’ हुने भएको छ। शैक्षिक र मनोरञ्जनात्मक इभेन्ट गर्दै आइरहेको संस्था एएनपी मिडिया हाउसले प्रतियोगिता आयोजना गर्न लागेको हो।
एनसेल प्राइभेट लिमिटेडले आफ्ना देशभरी रहेका खुद्रा विक्रेतालाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत खुद्राबिक्रेताले बम्पर उपहार स्वरुपकार, युरोप भ्रमण र आईफोन एक्सजस्ता आकर्षक उपहारहरु जित्न सक्छन्।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतारमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।
रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले किसानबाट खरिद गरेको उखुको भुक्तानी रकममध्ये थोरै रकम पेस्कीस्वरुप भुक्तानी गर्न सुरु गरेकामा किसानले असन्तुष्टि जनाएका छन्। कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलायन्सले किसानबाट खरिद गरेको उखुको भुक्तानी सरकार र चिनी मिल सञ्चालकबीचको सहमतिविपरित भएकामा असन्तुष्टि जनाएका हुन्।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताले मुख्य प्रायोजकका रूपमा केएनपी जापानको साथ पाएको छ। बानेश्वरमा आइतबार केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौतापत्र आदानप्रदान भएको छ ।
अधिकांश कर्मचारीको रोजाई संघ भएपछि सरकारले संघमा दरबन्दी कटौती गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समायोजनको काम टुंगिएपछि पुनः संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे गरिने भएको छ ।
गायक विशाल निरौला र गायिका एन्जिला रेग्मीको युगल स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘माया झयाईँ–झ्याईँ’को बोलको रोमान्टिक लभ सङ सार्वजनिक भएको हो।
ललितपुरको च्यासलस्थित युएन पार्क अहिले सुधारोन्मुख अवस्थामा छ । हेरविचारको अभावमा फोहोर र उजाड बन्दै गएको पार्क अहिले व्यवस्थित बन्न लागेको हो।
अमेरिकाको दक्षिणी भेगमा रहेको एन्टेलोप क्यान्योन रङ्गीन चट्टानले बनेका पहाडहरुको शृंखला हो। यहाँ बिहान, दिउँसो र बेलुकी घामको किरणले एउटै ठाउँलाई बेग्लाबेग्लै रङ प्रदान गर्छ। त्यही रङले यहाँको कलात्मक माटोलाई अनौठो आकृति बनाउँछ।
एनआइसी एसिया क्यापिटलले आफ्नो दोस्रो वार्षिक उत्सवका अवसरमा नयाँ ग्राहकका लागिसेवा शुल्कमा विशेष छुटको योजना ल्याएको छ ।
नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले राष्ट्रिय क्रिकेट टोलीका आरिफ शेख र रोहितकुमार पौडेललाई सद्भावना दूतमा नियुक्त गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ। ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन्। सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ।
नेपालले आयोजनाको जिम्मेवारी पाएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को सञ्चालनका लागि तेस्रो पटक मिति तय भएको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आगामी डिसेम्बर महिनामा १३औं साग आयोजना हुने जानकारी दिएको हो।