१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आरिफ र रोहित एनसिसीका सद्भावना दूत

काठमाडौं - नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले राष्ट्रिय क्रिकेट टोलीका आरिफ शेख र रोहितकुमार पौडेललाई सद्भावना दूतमा नियुक्त गरेको छ । 

एनसिसी बैंकले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आरिफ र रोहितलाई २ वर्षका लागि सद्भावना दूतमा नियुक्त गरेको हो । सम्झौताअनुसार बैंकले दुवै खेलाडीलाई मासिक २५ हजार नगद प्रदान गर्नेछ । ‘हामीले सामाजिक उत्तरदायित्वअन्तर्गत नै रोहित र आरिफसँग सम्झौता गरेका हांै,’ एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले भने, ‘रोहित र आरिफजस्ता युवा खेलाडीलाई बंैकसँग आबद्ध गर्न पाउनु गौरवको विषय हो ।’

कार्यक्रममा बोल्दै रोहितले बंैकले सद्भावना दूतमा नियुक्त गरेकोमा धन्यवाद दिँदै यसले आफूहरूजस्ता युवा खेलाडीलाई थप उत्कृष्ट प्रदर्शन गर्नुका साथै क्रिकेट खेलप्रति आकर्षित गर्न मद्दत पुग्ने बताए । त्यस्तै आरिफले पनि एनसिसी बैंकसँगको सम्झौताले थप उत्कृष्ट प्रदर्शन गर्न हौसला मिल्ने बताए।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App