१० मंसिर २०८१ सोमबार
image/svg+xml

युएन पार्कमा प्रहरी कुट्ने दुई जना पक्राउ

ललितपुरस्थित बागमती किनारको युएन पार्कमा सवारी साधन चेकजाँचका क्रममा प्रहरी कुट्ने दुई जना पक्राउ परेका छन्।

एनअारएन फिनल्यान्डद्वारा धुर्मुस सुन्तलीलार्इ ६ लाख बराबरकाे सहयाेग

फिनल्यान्डकाे फिन्निस नेपाली समाजले धुर्मुस सुन्तली फान्डेशनलाई आर्थिक सहयोग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निस नेपाली समाज र एनआरएनए फिनल्यान्डको विशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य संस्थाहरुको सहयोगमा ६ लाख ६६ हजार ६ सय ६६ रुपैंया हस्तान्तरण गरिएको हो ।

नेपाली राजनीतिमा च्याएनोभ प्रकरण

गैरकम्युनिस्ट पार्टीले खास गरेर कांग्रेसले आफ्नो जनमत बचाउने नाममा यो वामपन्थी मोर्चालाई जबर्जस्त लोकतन्त्रविरुद्ध धकेल्ने प्रयास गर्नु हुँदैन किनकि कम्युनिस्ट र कांग्रेसको संयुक्त योगदानबाटै हालको संघीय गणतान्त्रिक नेपालको निर्माण  सम्भव भएको हो ।

एनबिआइ र माछापुच्छ्रे बैंकबीच विस्तृत तालिम गर्ने सम्झौता

नेशनल बैंकिङ इन्ष्टिच्युट र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।

स्थानीय निर्वाचनमा जस्तो देखिएन चुनावी रौनक

– निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका मतदाता भने अझै अन्यौलमै छन् । उम्मेदवारका गाउँ केन्द्रित कार्यक्रम भैरहँदा टोपी, टिसर्ट, झण्डा, तुलब्यानर तथा शहर केन्द्रित कार्यक्रम नदेखिँदा चुनावी रौनकता समेत देखिएको छैन् ।

एनआईसी एशिया बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

एनआईसी एशिया बैंक लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ।

अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्

तत्कालीन प्रधानमन्त्री दाहालले घोषणा गरेको ग्रेस अवधि (गत माघ ११–वैशाख मसान्तसम्म) वैदेशिक रोजगारीको क्रममा निधन भएको भन्दै चार पीडितका आफन्तले प्राइम लाइफमा, तीनजनाले नेपाल लाइफ र एकले नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा निवेदन दर्ता गरेका छन्।

एनसिसीको दोहोरो जित

सचिन गुप्ता र सुवास कँुवरले उत्कृष्ट ब्याटिङ गरेपछि एनसिसी बंैकले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटमा बिहीबार दोहोरो जित हासिल गरेको छ ।

‘बजारको बालै भएन, त्यो पब्लिसरको कुरा हो’

समकालीन नेपाली साहित्यमा फरक शैलीको लेखनमा चिनिएको नाम हो, कुमार नगरकोटी । नगरकोटीका घाटमान्डु, मिस्टिका, अक्षरगन्ज, फोसिल, मोक्षान्त ः काठमान्डु फिभर, दोचालगायत पुस्तक प्रकाशित छन्। औपचारिक/अनौपचारिक भेटमा साधुको भेषमा भेटिने नगरकोटीकोे लेखनमा गहन कल्पनाशीलता, मृत्युचिन्तन र एकान्तप्रेमको समिश्रण पाइन्छ ।

महतोले उठाएनन् प्रधानमन्त्रीको फोन, तालमेलका लागि 'रअ' प्रमुखको दवाब

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो धनुषा ३ बाट उम्मेदवार हुने विषयमा दृढ देखिएका छन्। नेपाली काँग्रेससँग तालमेलका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उनलाई बुधबार पटक पटक फोन गरे पनि त्यसलाई अस्वीकार गर्दै उनने धनुषा ३ नछोड्ने अडान राखेका छन्।

मोजो बुटिक होटल एन्ड रेस्टुरेन्ट

विगत ६ महिना अघिदेखि नयाँ बानेश्वर हाइटमा सञ्चालनमा आएको मोजो बुटिक होटलले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । यसको श्रेय यहाँ कार्यरत कर्मचारी नै रहेको संचालकको भनाइ छ । यस होटलमा सम्पूर्ण सुविधायुक्त जम्मा ४ वटा कोठा छन् भने यहाँ रहेको सुन्दर बगैँचामा बसेर विभिन्न किसिमका खानाहरुको स्वाद लिन पनि सकिन्छ । यहाँ रहेको रेस्टुरेन्टमा विभिन्न किसिमका खानाहरु खान सकिन्छ भने नजिकै रहेको बारमा पनि विभिन्न किसिमका मदिराहरु स्वाद लिन सकिन्छ । करिब १२५ जना बस्न सकिने यस रेस्टुरेन्टमा साँझपख खानाको पारखीहरु आउने गर्दछन् । यसबाहेक यहाँ विभिन्न किसिमका शुभकार्यहरुको कार्यक्रम गर्न ब्याँकेट पनि सञ्चालन गरिएको छ । यहाँ पाइने विभिन्न किसिमका खानाहरु घरमा पनि बनाउन सकिन्छ । यहाँ कार्यरत सेफ विकास गौतमले ‘नागरिक परिवार’सँग खाना बनाउने विधि तथा तरिकाहरु यसरी सेयर गरे ।

सिन्धुपाल्चोकका उम्मेदवार अझै घरदैलोमा निस्किएनन्

मनोनयन दर्ता गरेको साता बितिसक्दा उम्मेदवारहरु मतदातासँग भोट माग्न घरदैलोमा निस्किएका छैनन्। वाम र लोकतान्त्रिक धुव्रिकरणले चुनाव पेचिलो बन्दा दलहरु आन्तरिक रणनीति र योजना बनाउनमै ब्यस्त छन्।

‘राहत त पाएनौं, घर बनाउँदा पनि नगरपालिकाले भत्काउने डर’

भक्तपुर नगरपालिका–५, भेलुखेलकी आशा देउलाको घर २०७२ वैशाख १२ को भूकम्पबाट भत्किएको थियो । त्यसयता देउला परिवारको बास टहरामै बितेको छ।

अझै सुरु भएन मतदाता शिक्षा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन एक महिना बाँकी हुँदा पनि जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छैन । कार्यक्रम कहिले सुरु हुन्छ भन्ने निश्चित छैन । मतदाता शिक्षा घरघरमा पु¥याउन नसके बदर मत संख्या बढ्नसक्छ।

मन्त्री ढिला नियुक्तिले विदेशी लगानी ऐन पारित भएन

जेठको अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले उद्योगमन्त्री नियुक्त गर्न ढिलाइ गर्दा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गर्न बनेको विधेयक व्यवस्थापिका संसदबाट फिर्ता आएको छ । संसदमा टेबल भए पनि विभागीय मन्त्री नहँुदा पारित हुन नसकेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्