१० मंसिर २०८१ सोमबार
image/svg+xml

लाभकर नतिरेसम्म एनसेलको लाभांश वितरण र शेयर विक्री रोक्न सर्वोच्चको निर्देशन

सर्वोच्च अदालतले अबको तीन महिनाभित्र एनसेलसँग पुँजीगत लाभकर उठाउन आदेश दिएको छ। सर्वोच्चले मंगलबार उक्त मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै बिक्रीमा लाग्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन आदेश दिएको हो। सरकारलाई निदृष्ट गरेको लाभकर चुक्ता नगरेसम्म लाभांस वितरण र सेयर बिक्रीको अनुमति दिन समेत रोक लगाउने फैसला सर्वोच्चले गरेको छ।

ललितानिवासको जग्गा बेचबिखनमा रोक

संगठित गिरोहबाट हडपिएको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा बेचबिखनमा रोक लगाइएको छ। पूर्वप्रधानमन्त्री सुवर्णशमशेर राणाको तत्कालीन भोगाधिकारी, सरकारी कर्मचारी र भूमाफियामार्फत हडपिएको करिब एक सय १४ रोपनी जग्गा बिक्रीमा सरकारले रोक लगाएको हो।

सरकारी जग्गामा ठडिए भाटभटेनी र एनआरएन भवन

मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ।

एनआइसी एसिया बैंकको १५ नयाँ निक्षेप योजना

एनआइसी एसिया बैंकले चमत्कारिक २२ वटा विशेषता भएको विभिन्न १५ वटा नयाँ निक्षेप योजना ल्याएको छ। बैंकले २२ वर्ष प्रवेश गरेको अवसरमा बुधबारदेखि चमत्कारिक विशेषतासहितको निक्षेप योजना ल्याएको हो।

सुपरहिरो फिल्ममा एन्जेलिना जोली

हलिउड अभिनेत्री एन्जेलिना जोलीले द मार्भल सिनेमाटिक युनिभर्सले निर्माण गर्न लागेको सुपरहिरो फिल्म ‘द इटर्नल्स’मा अभिनयको इच्छा व्यक्त गरेकी छन्। यदि जोलीको इच्छा पुरा भयो भने यो फिल्म जोलीले अभिनय गरेको पहिलो सुपरहिरो फिल्म हुनेछ।

वैशाख पहिलो साताबाट ५५ दिने बास्केटबल लिग

वैशाखको पहिलो सातादेखि ५५ दिने नेपालको सबैभन्दा लामो नेपाल बास्केटबल लिग हुने भएको छ। प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पडिसिएन) को आयोजनामा करिब दुई महिना लामो नेपाली खेलकुदमा लिग हुन लागेको हो। पडिसिएनले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिगबारे जानकारी दिएको हो।

एनआइसी एसियाद्वारा वातावरणमैत्री शौचालय सहयोग

एनआइसी एसिया बैंकले पशुपति क्षेत्र विकास कोषलाई चार थान वातवरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ।

सिभिल बैंक र एनबिआईबीच सम्झौता

उक्त सम्झौतामा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन्।

सरकार र एनआरएनबीच १० अर्बको लगानीमा सहमति

सरकार र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ।  राजधानीमा लगानी सम्मेलनको अवसरमा सरकार र एनआरएनएबीच सो सम्झौतामा हस्ताक्षर भएको हो। एनआरएनको लगानी सम्बन्धी सो प्रस्ताव हालै परेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो।

माछापुछ्रे एनएमबि क्यापिटलबीच सम्झौता

माछापुछ्रे बैंक लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडबीच १०.२५ प्रतिशत माछापुछ्रे डिबेच्चर–२०८५ का  लागि सम्झौता भएको छ। सम्झौतापत्रमा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत जेश घिमिरेले हस्ताक्षर गरेका छन्।

एनसिसी अवकाश कोषको लाभांश घोषणा

एनसिसी बैंक अवकाश कोषले देशभर रहेका आफ्ना एक सय २२ शाखामार्फत सञ्चयकोष, सञ्चित बचतको ७० प्रतिशत लाभांश दिने भएको छ।

एमएडब्लुले ल्यायो नयाँ स्कोडा कोडियाक ‘एलएन्डके’

नेपालका लागि स्कोडा कारको आधिकारिक बिक्रेता स्कोडा एमएडब्लुले भर्खरै स्कोडा कोडियाकको नयाँ स्कोडा कार (एलएन्डके) एडिसन सार्वजनिक गरेको छ। स्कोडाको पहिलो फुल साइज एसयुभीका रुपमा स्कोडा कोडियाक केही महिनाअघि नेपालमा आएको थियो।

एनएमबि बैंक–एनबिआई सम्झौता

उक्त सम्झौतामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एनबिआईका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् ।

खोटाङलाई एन्फाको सदस्यता

खोटाङले अखिल नेपाल फुटबल संघको अस्थायी सदस्यता प्राप्त गरेको छ। फुटबल संघ गठन गरी जिल्लामा फुटबलको व्यावसायिक विकास र विस्तारका लागि अनुरोध गरिएअनुसार एन्फाले एक वर्षका लागि अस्थायी सदस्यता प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्