१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भन्सार छलीको मोबाइलसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यायल बाराले भन्सार छली गरेर ल्याएको १५ लाख मूल्य बराबरको अवैध मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ।

फलाटे र लालटेमा विद्युत पहुँच

हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा विद्युत् सुविधा पुगेको छ। नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को ती दुई क्षेत्रमा विद्युतीकरण गरेपछि स्थानीय औधी रमाएका हुन्।

जलाधार संरक्षण गर्न हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण

हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।

राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई

तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले जितेको छ।

गाउँपालिकाको निर्णयविरुद्ध वडाका जनप्रतिनिधि आन्दोलनमा

सुनसरी गढी गाउँपालिकाले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै वडा नं. १ का जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु आन्दोलनमा उत्रिएका छन्।

६ महिनामा गोलभेँडा बिक्रीबाट तीन करोड रुपैयाँ आम्दानी

कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउनेतर्फ लागेको देखिन्छ।

केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम

केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।

सुनको लोभमा महिलाको हत्या, एक किशोर पक्राउ

पूर्णसरिलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए। ‘सुन लुट्ने क्रममा पूर्णसरीले प्रतिकार गरेपछि साथमै भएको खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ एसपी ढकालले भने।

एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार

केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई एक/एक लाख पुरस्कार प्रदान गरेको छ।

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान

नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानहरूलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ।

उदयपुरमा केहीबेर चुनाव स्थगित भइ पुन: सुचारु

वर्षाका कारण उदयपुरमा केहीबेर चुनाव रोकिएर पुन: सुचारु भलको छ। दिउँसो ३ः३० वजे एक्कासी पानी परेपछि केहीबेर मतदान कार्य रोकेर सुचारु गर्नु परेको हो।

उदयपुरमा तीन क्षेत्रको परिणाम सार्वजनिकः एकठाउँको मतपत्र च्यातियो

लिमचुङबुङ,उदयपुरगढी र रौतामाई गाउँपालिका समेटिएको सो प्रदेशक्षेत्रमा राई र मगरबीच कडा प्रतिस्पर्धा हुनेगरी मतदान भएकाले मतपत्र च्याताच्यातको अवस्था आएको एक कार्यकर्ताले बताए।

गढीमा निःशुल्क आँखा शिविर

सुनसरीको गढी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। लायन्स क्लब विराटनगर हलेसी, शुभम् मिटसिटी, ग्रिनसिटी र सिटी क्लबको संयुक्त आयोजनामा आँखा शिविर गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्