१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

उदयपुरमा तीन क्षेत्रको परिणाम सार्वजनिकः एकठाउँको मतपत्र च्यातियो

प्रदेश १ (क) का सभापति सरोज बस्नेत, (ख) का अर्जुन दाहाल र २ (ख) का कृष्ण थापा । तस्विरः महेश्वर

नेपाली कांग्रेस उदयपुरका ४ प्रदेशसभा अधिवेशनमा एकठाउँमा मतपत्र च्यातिएको छ। बाँकी ३ प्रदेशसभाको मत गणना भने शान्तिपूर्ण सम्पन्न भएको छ। ४ केन्द्रमध्ये प्रदेश १(क) को मतगणनामा बिबाद उत्पन्न भएपछि मतपत्र च्याताच्यात भएको पार्टीले जनाएको छ।

उदयपुरगढी गाउँपालिका ६ नेपालटारमा बिबाद भएसँगै मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको छ। मतदान दिउसो शान्तपूर्ण सम्पन्न भएपछि गन्ने क्रममा बिबाद उत्पन्न भएपछि झडप हुने संभावना टार्न हाललाई गणना स्थगित गरिएको पार्टीका प्रवक्ता मदनराज कटुवालले बताए। उनका अनुसार त्यहाँ मोहनसेर राई र खेसबहादुर मगरबीच दुई प्यानलमा चुनाव भएको थियो।

लिमचुङबुङ,उदयपुरगढी र रौतामाई गाउँपालिका समेटिएको सो प्रदेशक्षेत्रमा राई र मगरबीच कडा प्रतिस्पर्धा हुनेगरी मतदान भएकाले मतपत्र च्याताच्यातको अवस्था आएको एक कार्यकर्ताले बताए। मतपत्र च्यातिएपछि स्थगित भएको गणना सुचारु गर्न पार्टीले आन्तरिक छलफल चलाईरहेको कटुवालले बताएका छन्।

बाँकी ३ प्रदेशसभा अधिवेशनको भने विहानै मत परिणाम सार्वजनिक भएको छ। सदरमुकाम गाईघाट समेटिएको प्रदेश १ (क) मा सरोज बस्नेत प्रतिस्पर्धी देवीकुमारी चौधरीभन्दा ११ मत बढी ल्याएर सभापति जितेका छन्। उनले २ सय ९३ मत पाउँदा चौधरीलाई २ सय ८२ मत परेको छ। ३ सय ७९ मत खसेको चुनावमा बस्नेतको प्यानलै विजयी भएको प्रवक्ता कटुवालले बताए। बस्नेत पूर्व सभापति हिमाल कार्की खेमाका हुन्।

उता प्रदेश १(ख) मा कार्की खेमाकै अर्जुन दाहाल सभापति जितेका छन् भने सचिव पदमा बस्नेत खेमाका सभापति उम्मेदवार जय सुबेदीको प्यानलका पदम खड्काले बाजी मारेका छन्। प्रदेशसभा क्षेत्र १ (ख) मा बस्नेत खेमाका राम पोखरेललाई हराउँदै कार्की खेमाका कृष्ण थापा सभापतिमा विजयी भएको पार्टीले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७८ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App