सुनका गहना धितो राखेर गाउँमा सडक
म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पुर्याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन्।
म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पुर्याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन्।
निर्माण कार्यलाई रफ्तार दिन भन्दै नरायणगढ-मुग्लिन सडक पुस ७ गतेदेखि मध्यान्ह ११ बजेदेखि दिउँसो तीन बजेसम्म बन्द हुने भएको छ। नारायणगढ-मुग्लिन सडक आयोजनाले बिहीबार सूचना निकालेर यसको जानकारी गराएको हो। अर्को सूचना ननिस्कदासम्म बन्द कायम रहने आयोजनाले जनाएको छ।
भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले सरकारले चीन र भारतका नाका जोड्ने उत्तर–दक्षिण सडक सञ्जाल विस्तारलाई उच्च प्राथमिकता दिएको बताएका छन्। दुई देशका नाका जोड्ने सडक विस्तार हुन सके नेपाल दुई उदयमान शक्ति भारत र चीनबीचको सेतु नेपाल बन्न सक्ने र यसबाट नेपालले आर्थिक लाभ लिन सक्ने उनको भनाइ थियो।
कर्णालीकै धार्मिक धरोहर र आस्थाको केन्द्र मानिएको चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ति फिर्ता ल्याउन माग गर्दै स्थानीय दुई सातादेखि आन्दोलनरत छन् । स्थानीयले चोरी घटनाको अनुसन्धान सुरु गरेको सिआइबी र स्थानीय प्रहरी प्रशासनलाई मूर्ति फिर्ता ल्याउन दबाब दिइरहेका हुन्।
पाँच नम्बर प्रदेशका पहाडी जिल्ला चार नम्बरमा गाभ्नेगरी सरकारले संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा निरन्तर आन्दोलन भइरहेको छ। रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँच, प्युठान, रोल्पा, रुकुमलगायत जिल्लामा सरकारी प्रस्ताव नमान्ने भन्दै विरोधलाई निरन्तरता दिइएको हो।
लगातार दश दिनयताको बन्दमा पाल्पा सदरमुकाम तानसेनका सडक स्तरोन्नतमा जोड दिइएको छ। अघिपछि सवारी साधन गुड्ने सडक स्तराेन्नत गर्न बन्दको समय सदुपयोग गर्न दलहरूले निर्माण पक्षलाई दवाव दिएपछि निर्माणले तीब्रता पाएको छ।
संविधान संशोधनको प्रस्तावको विरोधमा पाल्पाका राजनीतिक दलहरुले सडकमै कविता वाचन गरेका हुन्। प्रदेश नं. ५ विभाजनमा असन्तुष्टि जनाउँदै आएका संयुक्त संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय बन्द गराउँदै सडकमा कविता वाचन गराएको हो ।
राजधानीको कलंकी चोकमा निर्माणाधीन व्यापारिक भवन कलंकी टे्रड टावरको जग खन्दा कलंकीको सडक चिरा परेर भासिएको छ। दुई हप्तादेखि लगातार भासिने क्रम नरोकिएपछि स्थानिय जनताहरु त्रसित भएका हुन्। कलंकीचोकको निर्माणाधिन टावर अगाडीको सडक दुई फिट र फुटपाथ तल धसिएको छ।
नेकपा एमालेका सचिव गोकर्ण विष्टले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिएका छन्। विष्टले संशोधन प्रस्तावले कुनै पनि अर्थमा औचित्य पुष्टि गर्न नसक्ने भन्दै प्रस्ताव फिर्ता नभएसम्म एमालेलेसदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिए।
खोटाङमा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको गाउँपालिकालाई यथावत कायम गर्नुपर्ने मागमा स्थानीयले सडक बन्द गरेका छन्।
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीको ज्यान जोखिममा पर्नु भनेको करोडौं नेपालीहरुको ज्यान जोखिममा पर्नु भएको बताएका छन्।
‘ओ हो कस्तो अचम्म,’ उनको आसाधारण प्रतिभामा भिडले आश्चर्य जनाउँछ। ५, १०, २०, ५० का नोटहरु गच्छेअनुसार उनीप्रतिको सहानुभूतिमा भिडले दान गर्छ। विदेशी पर्यटकहरु अश्चर्य मान्दै उनको तस्बिर खिच्नछन् र केही नोटहरु दिन्छन्। चित्रकला प्रर्दशन र चित्र बिक्री गरी उनले आफ्नो जीवन गुजारा चलाउँदै आएका छन्।
सरकारले संसदमा दर्ता गराएकाे संविधान संशाेधन विधेयककाे विराेधमा देशैभर प्रदर्शन भइरहेका छन्। यसै क्रममा काठमाडाैंमा बिहीबार एमालेकाे युवा र विद्यार्थी संगठनले संयुक्त रूपमा विराेध प्रदर्शन गका छन्।
सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक प्रस्तावको विरोधमा बुधवार जिल्ला बन्द गरिएपछि बिहीबार प्युठान र रोल्पाले संयुक्त बिरोध कार्यक्रम गर्ने भएका छन्। संविधान संशोधनमा पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव गरेसँगै यी दुई जिल्लाका बासिन्दा सडकमा उत्रिएका हुन्।
स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा दोलखाका चिकित्सक र स्वास्थ्यकर्मी सडकमा उत्रिएका छन्। अनशनको १८ औँ दिन बितिसक्दा पनि सरकारले माग पूरा गर्न वेवास्ता गरेको भन्दै उनको जीवन रक्षाकालागि बुधबार जिल्लाभरका सरकारी र निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सडकमा उत्रिएका हुन्।