१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

बन्द बन्यो अवसरः तानसेनका सडक धमाधम निर्माण

दश दिनदेखी बन्दको समयमा बसपार्क–मिशन सडक निर्माण कार्य धमाधम भैरहेको छ। तस्बिरः मुक्तिप्रसाद न्यौपाने

पाल्पा-लगातार दश दिनयताको बन्दमा पाल्पा सदरमुकाम तानसेनका सडक स्तरोन्नतमा जोड दिइएको छ। अघिपछि सवारी साधन गुड्ने सडक स्तराेन्नत गर्न बन्दको समय सदुपयोग गर्न दलहरूले निर्माण पक्षलाई दवाव दिएपछि निर्माणले तीब्रता पाएको छ।

प्रदेश नं. ५ लाई टुक्राउने गरि सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न लागेकोमा पाल्पा दश दिनदेखी आन्दोलित छ।

तानसेन नगरपालीका भित्रका बसपार्क–मिशन, मिशन–आँखा अस्पताल, गौरीशंकर–होलाङ्दी, वनदेवी–लक्ष्मी स्कुल, प्रभास बाघखोरको ६ दशमलव २५ किलोमिटर बाटो स्तरोन्नती काम अहिले चलिरहेको छ।

शहरी शासन र विकास परियोेजना (युजिडिपी–इटिपी) अन्तर्गतको सहयोगमा सडक निर्माण र स्तरोन्नतको काम भैरहेको हो। यी सडकको निर्माण गर्न ११ करोड ९५ लाख ४८ हजार १ सय ९८ रुपैयाँको इष्टिमेट लागत अनुमान गरिएपनि ९ करोड १० लाख ९२ हजार १ सय रुपैयाँमा कामको ठेक्का भएको हो ।

बिरुवा निर्माण प्राली, वानेश्वरले ठेक्का लिई काम गर्न थालेको थियो । २०७१ पुसबाट काम सुरु भएर २०७३ जेठ ६ सम्म काम सक्नुपर्ने भएता पनि काम समयमै सम्पन्न गर्न नसकिएको तानसेन नगरपालीकाका प्रशासकिय अधिकृत बिष्णु पौडेलले बताए। उनी भन्छन्, ‘ठेकेदारले ६ महिनाको समय थपकालागि प्रक्रिया पनि अगाडी बढाएको छ।’

तानसेन नगरपालीका भित्रका बसपार्क–मिशन, मिशन–आँखा अस्पताल, गौरीशंकर–होलाङ्दी, वनदेवी–लक्ष्मी स्कुल, प्रभास बाघखोरको ६ दशमलव २५ किलोमिटर बाटो स्तरोन्नती काम अहिले चलिरहेको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले भने ‘ठेकेदारको लापरवाहीका कारण दुई वर्ष बितिसक्दा पनि नबनेको सडक निर्माण कार्य बन्दको समयमा गर्नलाई समय दिएका हो। अहिले दलहरुको समेत दवाव परेपछि ठेकेदारले धमाधम काम गरेको छ।’

नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले बसपार्क–मिशन अस्पताल सडक निर्माणका लागि बन्दको समय उपयुक्त भएको बताए। ‘अघिपछि व्यस्त रहने यो सडक अहिले बनाउनु उचित हुन्छ,’ उनले भने ‘अस्पताल जाने बाटो बिग्रेका कारण बिरामीले सास्ति पाउँदै आएका छन्।’

बन्दकर्ताले अवरोध नगरी काम गर्न दिएमा अबको २० देखी २५ दिनभित्रमा मिशन सडक निर्माणको काम सकिने कम्पनीका इञ्जिनियर धर्मेन्द्र ठाकुरले जानकारी दिए।

ठेक्का भएका सडकका ५५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम रोकिएका थिए। दलहरु र नगरपालिकाको पहलमा बिरुवा निर्माण प्रालिले सडक निर्माणको काम अगाडी बढाएको हो।

प्रदेश नं. ५ विभाजनमा असन्तुष्टि जनाउँदै गठन गरिएको संयुक्त संघर्ष समितिले जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु शुक्रबार पनि बन्द गराएका छन्।

दश दिनदेखी बन्दको समयमा बसपार्क–मिशन सडक निर्माण कार्य धमाधम भैरहेको छ। तस्बिरः मुक्तिप्रसाद न्यौपाने
दश दिनदेखी बन्दको समयमा बसपार्क–मिशन सडक निर्माण कार्य धमाधम भैरहेको छ। तस्बिरः मुक्तिप्रसाद न्यौपाने
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App