मनाङ सडक तीन साता बन्द हुने
हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो ।
हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो ।
बनेपा– पनौती सडक आइतबारदेखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयले बताएका छन् ।
सडकभरि खाल्डा छन्। सवारी आवतजावतमा समस्या छ। मोटरसाइकल चालक र बटुवा धुलाम्मे हुन्छन्। धुलो उडेर सडक आसपासमा कुहिरो लागेझैं हुन्छ। धुलोकै कारण सडक छेउका बासिन्दामा रुखाघोकीलगायत स्वाशप्रश्वाससम्बन्धी समस्या बढ्दो छ।
‘घुम्न जाउँ धरान’ भन्ने नाराका साथ तीन दिने १३ आंै धरान सडक उत्सव २०७३ शनिबारदेखि शुरु भएको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित उत्सवको एक समारोहबीच नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिइओ) दिपक जोशीले गरेका थिए ।
नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका टीपतालापासबाट ओलाङचुुङगोलातर्फको २२ किलोमिटर खण्डमध्ये एक महिनामा साढे दुई किलोमिटर बाटो खनिएको छ । यहि रफ्तारमा काम भए अबको ६ महिना भित्रमा चीनको रिउब बजारबाट टीपतालापास हुँदै गोलासम्म सडक सञ्जाल जोडिने भएको छ ।
पूर्वाधारसम्बन्धी नीतिगत अध्ययन–अनुसन्धान गर्ने थोरै नेपालीमा सूर्यराज आचार्य पर्छन् । त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसमा अध्यापनरत इन्जिनियर आचार्यसँग नागरिकका कुबेर चालिसेले यातायात पूर्वाधार, पूर्वाधार अर्थशास्त्र तथा समसामयिक विषयमा गरेको कुराकानीः
धुलाम्ये सडकमा पाइला–पाइलामा खाल्डा छन् । कालोपत्रे नउप्किएको ठाउँ छैन । खाल्डामा कोल्टिँदै गुड्छन् गाडी । खाल्डा र धुलोका कारण सवारी दुघर्टना पनि बारम्बार भइरहन्छ । वर्षामा हिलोले हुने सास्तीको कथा झन् छुट्टै छ ।
मोरङको विराटनगरस्थित विद्युत् प्राधिकरण कार्यालय नजिकै आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
हरेक दिन नियमित १०ः३० देखि ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर भोलि एकदिन खुला रहने भएको छ ।
मेलम्चीको पानी उपत्यकामा भित्र्याउने अन्तिम तयारीमा पाइप विस्तार र ट्यांकीहरु निर्माणको काम चलिरहेको छ। बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म सडक खन्ने, पाइप बिच्छ्याउने र खनेको सडक पुरेर छाड्ने गरिन्छ। त्यही सडकमा दिनभर सवारी गुड्छन्, यात्रुहरु कुँद्छन्। फेरी राति उहि समय तालिकामा काम चल्छ।
स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै आन्दोलनमा रहेका खोटाङका सङ्घर्ष समितिलाई सडक बन्द नगर्न राजनीतिक दलले आग्रह गरेका छन् ।
राजधानी भित्रिने प्रमुख नाका नाका नागढुंगादेखि त्रिपुरेश्वरसम्मको सडक विस्तार कार्यक्रम स्थानीयको अवरोधका कारण निर्धारित समयमा नसकिने देखिएको छ। १२.५ किलोमिटर सडक खण्डको छेउछाउका बासिन्दाले दायर गरेको मुद्दामा अदालतले २५ वटा अन्तरिम आदेश (स्टेअर्डर) जारी गरेको छ। त्यसबाहेक स्थानीयले पनि ठाउँठाउँमा विस्तार कार्यमा अवरोध जारी राखेका छन्।
सतबाँझ–श्रीभावर सडकखण्डखन्ने क्रममा सडक किनारको पर्खालबाट लडेर एक जनामजदुरको मृत्यु भएको छ। आइतबार गुरुखोला–८ काण्डेका ७७ बर्षीय हरिदत्त भट्टको बासुलिंग–४ तडीगाउँमा कामगर्ने बेला सडक किनारमा रहेको पर्खालबाट खस्दा घाइते भएको प्रहरीले जनाएको छ।
हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्यधिक खन्दा नक्सालको सार्वजनिक सडक भासिएको छ। नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा होटल निर्माणका लागि जमिन खन्ने काम भइरहेको थियो।
विश्वसम्पदामा सूचीकृत बौद्धनाथ र पशुपतिनाथलाई सीधा जोड्ने बौद्ध–गौरीघाटको १.५ किलोमिटर सडक तीन वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन। प्रसिद्ध पर्यटक तथा धार्मिक सम्पदा जोड्ने सडक वषर्ौंदेखि निर्माण सम्पन्न नहुँदा पर्यटक र स्थानीयले सास्ती खेप्दै आएका छन्।