आयोगको खाकाका विषयमा असन्तुष्टी जनाउँदै सडक बन्द
स्थानीय तह निर्माणका सन्दर्भमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनका विषयमा असन्तुष्टी जनाउँदै खोटाङमा सडक बन्द गरिएको छ।
स्थानीय तह निर्माणका सन्दर्भमा स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनका विषयमा असन्तुष्टी जनाउँदै खोटाङमा सडक बन्द गरिएको छ।
भारतीय पक्षले महोत्तरीको सीमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर सडक र नाला निर्माण गर्न लागेको छ।
स्थानीयवासीले सडक विस्तारमा सहयोग नगरेपछि डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण एवम् विस्तार सुरु भएका अधिकांश सडक अलपत्र परेका छन् । अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया नेपाल मैत्री अस्पताल हुँदै सिद्धिकाली चोक पुरानो बाटो सडक निस्कने सडक विस्तार कार्य अलपत्र परेको छ ।
नेकपा एमालेले बिहीबार अपरान्ह राजधानीमा हजाराैं मोटरसाइकल एकैपटक सडकमा गुडाएर र्याली प्रर्दशन गर्दैछ। संविधान संशोधन प्रस्तावको विरोधमा २२ गते आयोजना गरिने जनप्रदर्शनको पूर्व तयारीस्वरुप २१ गते राजधनीमा मोटरसाइकल र्याली आयोजना गरेको एमालेले जनाएको छ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ।
लगनखेल–सातदोबाटो जोड्ने मुख्य सडक विस्तार र व्यवस्थित बन्ने भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले धमाधम सडक विस्तारको काम थालको छ ।
काठमाडौं उपत्यकामा जारी सडक विस्तारको विरोध गर्दै उपत्यकाका जग्गा तथा घरधनीहरुले आह्वान गरेको बन्दका कारण बुधबार राजधानीकाे यातायातमा सामान्य प्रभाव देखिएकाे छ।
राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग मानिएको नारायणगढ मुग्लिन सडक खण्ड मंगलबारबाट साढे चार घण्टा बन्द हुने भएको छ। बिहान साढे १० बजेबाट दिउँसो तीन बजेसम्म बाटोमा सबै खालका गाडी चल्न रोक लगाएर के काम हुन्छ त ? यसरी गाडी रोकेर पहाडै पन्छाउने काम भइरहेको छ।
राजधानी काठमाडौंलाई देशको पूर्वी–पश्चिम जोड्ने मुख्य मार्ग मानिएको नारायणगढ–मुग्लिन सडक खण्ड आज मंगलबारबाट थप आधा घण्टा बन्द हुने भएको छ। सडक विस्तारको कामलाई तिब्रता दिन आज बिहान साढे १० बजेबाटै सवारी गुड्न रोक लगाइएको छ। पुस सात गतेदेखि ११ बजेबाट दिउँसो तीन बजेसम्म चारघण्टा बाटो बन्द हुने गरेको थियो।
मुग्लिन नारायणगढ सडक खण्डको कालिखोलामा सोमबार मध्यरातमा यात्रु बस सडकबाट लगभग सय मिटर तल खस्दा एकजना यात्रुको निधन भएको छ भने २६ जना घाइते भएका छन् ।
स्थानीयको विरोध पश्चात निर्माणाधिन भिट्टामोड –जलेश्वर– जनकपुर सडकको दोस्रो प्याकेज अन्तर्गतको सडक निर्माण कार्य अवरुद्ध भएको छ।
कानुन विपरीत सडक फराकिलो पार्न खोजेको भन्दै प्रदर्शन गर्ने तीन दर्जन व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जोरपाटी– सुन्दरीजल सात किमी सडक केन्द्रबाट दुबैतिर ११ मिटर विस्तार गरी २२ मिटर फराकिलो बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणले शुक्रबार चिन्ह् लगाएको थियो ।
राजधानीको गोठाटारमा दिदी भिनाजुसगँ बसेर एक सरकारी स्कुलमा पढ्दै आएका १३ वर्षीय रवि खत्री जाडो बिदा सुरु भएपछि आइतबार जिरी नजिकको खावा बजारमा रहेको घर जान झिसमिसेमै कोटेश्वर निस्किए। झोला बोकेर उभिरहेका उनलाई काठमाडौंबाट दोलखा बजार हिडेको बा ३ ख १९०० नम्बरको अरनिको यातायातको सुपर एक्सप्रेसका कण्डकटरले कता जाने भनेर सोधे।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइएपनि पर्यटक बस भने नरोकिने भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेको र कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत आग्रह गरे।
सडक विस्तारको कामलाई तिब्रता दिने भन्दै निर्माणधीन नारायणगढ– मुग्लिन सडक खण्ड आउज बिहीबारदेखि दैनिक दिउँसो चार घण्टा बन्द हुने भएको छ। राजधानी काडमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गको रुपमा रहेको सो सडक खण्ड मध्यान्ह ११ बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ।