१२ मंसिर २०८१ बुधबार
image/svg+xml

'दसैंसम्म सडक चिल्ला बनाउँछौं'

उपत्यकाका सडकका खाल्डा पुर्ने जिम्मा पाएका सरोकारवाला निकायले दसैंसम्म सबै सडक पिच गर्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको समयसीमाभित्र वर्षात्का कारण काम नसकिएको जनाउँदै उनीहरूले दसैंसम्म सबै खाल्डा पुरिसक्ने बताएका हुन्।

हुलाकी सडकमा रात बिताउँदै बाढीपीडित

भजनी नगरपालिका–८ खल्ला टोल र काँडाढिकका केही परिवार चार दिनदेखि हुलाकी सडकमा बास बसिरहेका छन्। बिहीबार राति घरमा बाढी पसेपछि उनीहरू ज्यान जोगाउन सडकमा आएका हुन।

रौतहटमा सडकका सबै खाल्डा पुर्न निर्देशन

सडक बनाउनको लागि खनेको खाल्टोमा जमेको पानीमा डुबेर शनिवार चार बालिकाको मृत्यु भएपछि बल्ल रौतहट प्रशासनको त्यस तर्फ ध्यान दिएको छ।

चार बालिकाको शव सडकमा राखेर प्रदर्शन

चार जना बालिका खाल्डोमा डुबेर ज्यान गुमाएपछि गरुडाका स्थानीय आक्रोशित बनेका छन्। उनीहरु चारै जनाको शव इलाका प्रहरी कार्यालय गरुडामा राखेर प्रदर्शन गरिरहेका छन्। सडक डिभिजन कार्यालय र ठेकेदारको लापरबाहीका कारण अबोध चार बालिकाको ज्यान गएको भन्दै आफन्त र स्थानीयहरुले कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

खाल्डोमा डुबेर चार बालिकाको मृत्यु, सडक डिभिजन र ठेकेदार 'दोषी'

छिमेकी रामएकबाल साहको घरमा भैंसी ब्याएपछि गरुडा नगरपालिका–४, गरुडा टोलका योगेन्द्र साहकी छोरी सुनैनाकुमारी (९) दौडेर त्यता गइन्। उनका साथीहरू सुनिताकुमारी (९) र संगीता (१२) भैंसीलाई घाँस काट्न जाने तयारीमा थिए। सुनिताकुमारी र संगीता रामएकबालका छोरीहरू हुन्।

डा. केसीका हजारौं समर्थक सडकमा

चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १३ दिनदेखि आमरण अनशन बसेका डा.गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै शनिबार उनका हजारौं समर्थक सडकमा उत्रिएका छन्। डा. केसीको स्वास्थ्य गम्भीर बन्दासमेत उनको माग पूरा गर्न सरकार संवेदनशील नभएको आमनागरिक, पेसाकर्मी, कलाकार, नागरिक अगुवा, चिकित्सक एवं विद्यार्थी सडकमा उत्रिएका हुन्।

सडकको खाल्डोमा डुबेर ४ बालिकाको मृत्यु

रौतहटमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । रौतहटको इलाका प्रहरी कार्यालय गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधिन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।

डा. केसीको समर्थनमा पूर्व प्रधान न्यायाधीस कार्की सडकमा

१३ दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीको माग पुरा गर्न  दबाब दिन पूर्व प्रधानन्यायधिस शुसिला कार्की सडकमा उत्रेकी छिन्।

सर्वोच्चमा सडकका १६३ मुद्दा

कलंकी–नागढुंगा, कालीमाटी–कलंकी, रामकोट–सीतापाइला–भीमढुंगा, बौद्ध–जोरपाटी, साँखु–दक्षिणढोका, बल्खु–दक्षिणकाली, सातदोबाटो–ढोलाहिटी–चापागाउँलगायत सडकका मुद्दा सर्वोच्चमा छन्।

४३ घण्टापछि खुल्यो नारायणगढ मुग्लिन सडक

ठाउँ ठाउँमा पहिरो जाँदा बुधबार साँझदेखि अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड अहिले सवा दुई बजेदेखि खुलेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार झण्डै ४३ घण्टापछि बाटो खुलेको हो।

‘सडकमा छुट्टै साइक्लिङ लेन होस्’

पुराना कला, कृति र मठमन्दिरको जर्गेना गर्नुपर्‍यो । हाम्रो गर्वको विषय नै पुराना कलाकृति हुन्, यसतर्फ राज्यको विशेष ध्यान पुग्नुपर्छ ।

नारायणगढ मुग्लिन सडकमा आज पनि गाडी चल्ने सम्भावना कम

ठाउँ ठाउँमा पहिरो गएका कारण नारायणगढ मुग्लिन सडक खण्डमा आज पनि गाडी चल्ने स्म्भावना कम छ। पहिरोका कारण सो सडक खण्ड बुधबार साँझबाटै अवरुद्ध छ। पहिरोको जोखिम भएको ठाउँमा फँसेका गाडीहरुलाई बल्ल बल्ल एक तर्फी बाटो खुलाएर सुरक्षित स्थानलमा लगे पनि यातायात सञ्चालन सहज हुन दुई तर्फी रुपमा नै बाटो खुल्नु पर्ने हुन्छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका गाडी मुग्लिनतर्फ

नारायणगढ–मुग्लिन सडकखण्डको जोखिमपूर्ण क्षेत्रमा पहिराका कारण बीचमा फसेका सवारी साधनलाई एकातर्फ सडक सञ्चालनमा ल्याएर मुग्लिनतर्फ पठाइएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो

नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन्।

नारायणग मुग्लिन सडकमा पहिरो, आज दिनभर यातायात प्रभावित हुने

मुग्लिन नारायणगढ सडकमा हिजोदेखि नै आएको पहिरोका कारण आज दिनभर यातायात आवागमन ठप्प हुने सम्भावना छ। नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार साना ठुला पहिरो लगभग एक दर्जन जति आएका छन्। पानी परेका कारण सफा गर्न पनि गाह्रो भएको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्