रौतहट – रौतहटमा सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधिन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा स्थानीय जोगेन्द्र शाहकी ९ वर्षीय छोरी सुनैना कुमारी, रामएकवाल शाहकी १२ र ९ वर्षीया छोरी संगिता कुमारी र सुनिता कुमारी, प्रेमनारायण शाहकी ९ वर्षीया छोरी सुस्मिता कुमारी रहेका छन् ।
घाँस काट्न हिडेका उनीहरू अत्याधिक गर्मीका कारण नुहाउन उक्त सडकखण्डकोे खाल्डामा पुगेका थिए ।
चारै बालिकाहरूलाई पाेष्टमार्टमका लागि जिल्ला अस्पताल गाैर पठाइएकाे इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए।
चारदिनदेखि अविरल रुपमा परेको पानीले सडकका प्राय खाल्डाहरू भरिएर पोखरी भएका छन् ।
प्रकाशित: २१ श्रावण २०७४ ०९:३६ शनिबार