१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नुवाकोटबाट धार्के जोड्ने दुई लेनको सडक निर्माण शुरु

नुवाकोट डिभिजन सडक कार्यालयले ४० किलोमिटर लामो दुई लेनको सडक (लोकसञ्चार मार्ग) निर्माण शुरु गरेको छ।  झन्डै रु डेढ अर्ब लागत लाग्ने उक्त सडकको पहिलो खण्डको १० किमी सडक शुक्रबारदेखि निर्माण शुरु भएको हो। डिपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डका लागि रु ५० करोड ८५ लाख लाग्ने उल्लेख गरिए पनि रू सवाँ २४ करोडमा ठेक्का सम्झौता भएको छ।

सडक कालोपत्रेकालागि दवाब समूह गठन

भीमदत्त नगरपालिका– १६ स्थित बन्द अवस्थामा रहेको विमानस्थल पश्चिमको सडक कालोपत्रे गर्नु पर्ने माग राख्दै स्थानीय बासिन्दाले दवाब समूह गठन गरेका छन्।

पाल्पा बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ।  सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन्।

राष्ट्रपति भण्डारीद्वारा स्याप्रु–मैलुङबेशी सडकको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधिन मैलुङ–स्याफ्रुबेशीँ सडकको हेलीकप्टरबाट अवलोकन गरेकी छिन् ।  शुक्रबार नेपाली सेनाको हेलीकप्टर मार्फत रसुवा आएकी उनले नेपाल चीन जोड्ने सडकको अवलोकन गरेकी हुन्।

सडकमा चिह्न नहुँदा ट्राफिक नियन्त्रणमा  कठिनाइ

सडकै ओगट्ने गरी ठडिएका बिजुलीका खम्बा, तलसम्म झोल्लिएका बिजुली र टेलिफोन र केबुलका तार । मनलागी बाटो काटिरहेका पैदलयात्री, लेन र जेब्रा क्रसिङ मेटिएका सडकचोक र ग्राबेल सडकमा उडिरेहेको धुलो, त्यही बीच चोकमा उभिएर हात हल्लाइरहेका ट्राफिक प्रहरीहरू ।

बेनी-जोमसोम सडक अवरुद्ध, बेगखोलाले ट्याक्सी बगायो

बेनी-जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका-१ बेगखोलामा बर्षासंगै खोलाको बाहब बढेपछि आवतजावत बन्द भएको छ।

अवरुद्ध सिद्धबाबा सडकखण्ड चौध घण्टापछि सञ्चालन

पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा पहिरो झरेपछि अवरुद्ध सडक १४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ।

नारायणगढ–मुग्लिन सडकमा १८ पुल बन्ने

मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ । सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुनेछ । अन्य १४ पुलका लागि नक्शांकनको काम भइरहेको छ ।

कागबेनी–मुक्तिनाथ सडकखण्डमा कालोपत्रे

हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ। मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो ।

रिडी–तम्घास सडक फेरि अवरुद्ध

सडकमाथिबाट सुख्खा पहिरो झरेपछि गुल्मीको तम्घास–रिडी सडक फेरि बन्द भएको छ । रेसुंगा नगरपालिका १३ भंगारीमा बुधबार राती धुले पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो । तम्घासबाट रिडी, पाल्पा, बुटवल, काठमाडौंलगायत गन्तव्यमा हिँडेका सवारी साधन र दशैं मनाउन घर जाँदै गरेका सयौ यात्रुहरु बाटोमा अलपत्र परेका छन् ।  बिहीवार बिहान पानी परेको कारण पहिरो खसिरहेकाले तत्काल सडक खुलाउन सकिने सम्भावना नरहेको ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख डोर बहादुर थापाले जानकारी दिए ।

सदरमुकाम दुनै पुग्दै सडक

वर्षौंदेखि सडक सञ्जालमाजोडिन नसकेको विकट कर्णालीअञ्चलको हिमालीजिल्ला डोल्पाको सदरमुकामदुनै सडक सञ्जालको मुखमापुगेको छ । जाजरकोट–दुनै सडक खण्डको एक सय १७किलोमिटरमध्ये अहिलेसम्मएक सय १२ किलोमिटर सडकतयार भएको छ ।

बेनी–जोमसोम सडक छ दिनपछि खुल्यो

हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि पुनः सञ्चालनमा आएको छ।

दसैँका मुखमा सडकभर फोहोर

स्थानीय तहको लापरबाहीका कारण दसैँका मुखैमा उपत्यकाका चोकचोकमा फोहोर थुप्रिएको छ । काठमाडौं र ललितपुर महानगरपालिकासहित स्थानीय तहले फोहोर व्यवस्थापन नगर्दा मुख्य पर्वकै बेला उपत्यकावासीले सास्ती पाएका छन् । उपत्यकाका मुख्य सहरी क्षेत्रमै केही दिनदेखि फोहोरको डंगुर लागेको छ ।

तिलाठी सम्पर्क बाहिर, चार दिन पनि टिकेन सडकको डाइभर्सन

नेपाली सेनाद्वारा निर्मित सप्तरीको तिलाठीस्थित राजविराज–कुनौली सडकअन्तर्गतको खाँडो पुल डाइभर्सन खाँडो नदीले बगाएको छ । गत आइतबार मात्रै उक्त डाइभर्सनको अनुगमन निरीक्षण गर्न रक्षा सचिव श्रीधर पौडेल तथा कार्यवाहक सेनाप्रमुख बलदेवराज महत हेलिकोप्टर चढेर तिलाठी आएका थिए ।

नारायणगढ—मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ। रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्