२९ माघ २०८२ बिहीबार
image/svg+xml

एउटै वडाका पाँच जनाले निकाले सशस्त्र प्रहरी बलको जवानमा नाम

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० का पाँच जना युवाले एकै पटक सशस्त्र प्रहरी जवानमा नाम निकालेका छन्।

निर्वाचनबाट बहुमत ल्याएर नेपाली कांग्रेस पहिलो दलको रूपमा फेरि स्थापित हुन्छ : उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत ल्याएर पहिलो दलको रूपमा फेरि स्थापित हुने बताएका छन्।

लगानी सम्मेलनका सम्झौता कार्यान्वयनमा जान थालेको सरकारको दाबी

गत वैशाखमा सम्पन्न कोशी प्रदेश लगानी सम्मेलन २०८२ मा सम्झौता गरिएका परियोजनाहरू कार्यान्वयन चरणमा प्रवेश गरेका छन्।

‘विचारले मात्र देश बन्दैन, अबको बाटो आर्थिक आत्मनिर्भरता र सुशासन’

नेपालका प्रमुख राजनीतिक दलका नेता तथा निजी क्षेत्रका अगुवाहरूले मुलुकको समृद्धि र आत्मनिर्भरताका लागि परम्परागत शैली र केवल राजनीतिक विचारले मात्र अब काम नदिने निष्कर्ष निकालेका छन्।

जेन-जी विद्रोहलाई सम्बोधन गर्ने गरी कांग्रेसको संकल्प प्रस्ताव आउँछ: प्रताप

नेपाली कांग्रेसका युवा नेता प्रताप पौडेलले गत भदौमा भएको जेन-जीको विद्रोह र युवाहरूको आक्रोशलाई केन्द्रमा राखेर कांग्रेसले आफ्नो संकल्प प्रस्ताव ल्याउने बताएका छन्।

निजी क्षेत्र असुरक्षित हुँदा लगानी आउँदैन: ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले नेपालमा लगानीको सुरक्षा र नीति कार्यान्वयनमा गम्भीर समस्या रहेको औंल्याएका छन्।

प्रधानमन्त्री कार्कीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी

प्रधानमन्त्री सुशीला कार्कीले आज सोलुखुम्बुलगायत जिल्लाको भ्रमण गरी निर्वाचन तयारी र वस्तुस्थितिबारे जानकारी लिएकी छन्।

जेनजी आन्दोलनमा काठमाडौंबाट फरार कैदी रौतहटमा पक्राउ

जेनजी आन्दोलनका क्रममा काठमाडौंको एक कारागारबाट फरार रहेका कैदी रौतहटमा पक्राउ परेका छन्।

आफ्ना कमजोरीप्रति क्षमा माग्दै कांग्रेस बदलिएको छ: युवा नेता पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रताप पौडेलले कांग्रेसले विगतका आफ्ना कमीकमजोरी स्वीकार गर्दै आफूलाई रूपान्तरण गरेको बताएका छन्।

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ।

महाशिवरात्रि पर्व तयारी अन्तिम चरणमा : ८ लाख दर्शानार्थी र ४ हजार साधुसन्त मेला भर्न आउने

फागुन ३ गते मनाइने हिन्दुहरूको महान् पर्व महाशिवरात्रि मेलाको तयारी अन्तिम चरण पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

घोषणापत्रमा अब सपना होइन, काम लेखौं: रघुजी

नेकपा एमालेका नेता रघुजी पन्तले राजनीतिक दलका घोषणापत्रमा अब धेरै ठूला सपनाहरू देखाउनु भन्दा पनि व्यवहारिक र कार्यान्वयन गर्न सकिने योजनाहरू मात्र समेटिनुपर्ने बताएका छन्।

आर्थिक रूपमा आत्मनिर्भर नभई साँचो अर्थमा स्वतन्त्र हुन सकिँदैन: पन्त

नेकपा एमालेका नेता रघुजी पन्तले मुलुक आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म साँचो अर्थमा स्वतन्त्र हुन नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्