२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संविधान संशेाधन प्रस्ताव फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन

संविधान संशोधन प्रस्तावप्रति असहमति जनाउने राजनीतिक दल निकट युवा तथा विद्यार्थी सङ्गठनले साेमबार राजधानीमा विरोधसभा गरेका छन् । नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी निकट युवा तथा विद्यार्थी सङ्गठनका नेता तथा प्रतिनिधिले संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा नरहेको भन्दै माइतीघरमण्डलाबाट नयाँबानेश्वरसम्म र्यालीसहित विरोध प्रदर्शन तथा सभा गरेका हुन् ।

भूविज्ञान प्रदर्शनी हुँदै

रिभुवन विश्वविद्यालयका विज्ञान संकायले दोस्रो भूविज्ञान प्रदर्शनी गर्ने भएका छन् । भूगर्भशास्त्र विभागमा अध्ययनरत विद्यार्थीको संस्था नेपाल भौगर्भिक विद्यार्थी समाजले दोस्रो भूविज्ञान प्रदर्शनी आयोजना गर्ने भएको हो ।

प्रदेश विखण्डनविरुद्ध थाल ठटाएर प्रदर्शन, आइतबार पनि जिल्ला बन्द

अखण्ड पाँच नम्बर प्रदेशको विरोध गर्दै आन्दोलनमा उत्रीएका जिल्लाबासीले आइतबार थाल ठट्याएर विरोध प्रदर्शन गरेका छन्। महिला संघ संगठनहरुको अगुवाइमा थाल ठ्याएर बिरोध प्रदर्शन भएको हो ।

प्रदेश सीमाना हेरफेरको विरोधमा गुल्मीमा उल्टो हिडेंर प्रदर्शन

सरकारले ५ नं. प्रदेश विखण्डन गरि पहाडी जिल्लालाई तराइबाट अलग गराइएको बिरुद्धमा एकहप्ता देखि आन्दोलित बनेका गुल्मीबासीले तम्घासमा उल्टो जुलुस प्रदर्शन भएको छ।

प्रदेश टुक्र्याउने प्रस्तावविरुद्ध विशाल प्रदर्शन

प्रदेश ५ का पहाडी जिल्ला टुक्र्याएर प्रदेश ४ मा गाभ्ने सरकारी प्रस्तावको विरोधमा सोमबार पाल्पा र अर्घाखाँचीमा विशाल जनप्रदर्शनसहित सभा गरिएका छन्। पाल्पामा राजनीतिक दल, नागरिक समाज र उद्योग वाणिज्य संघले संयुक्त रुपमा प्रदर्शन गरेका हुन्।

भारतीय राजदूतावास अगाडि प्रदर्शन (फाेटाेहरू)

संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि साेमबार प्रदर्शन गरेका छन्। मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी तथा नेकपा माओवादी निकट युवा एवम् विद्यार्थी सङ्गठन आबद्ध छन् ।

हराएका मूर्ति फिर्ता माग्दै जुम्लामा प्रदर्शन

मंसिर ११ गते चन्दननाथ मन्दिरमा हराएका वहुमुल्य मूर्ति फिर्ता गराउन माग गर्दै पटमारावासी सडकमा उत्रिएका छन। मूर्ति चोरी भएको साता वित्दा पनि छानविनमा तदारुकता नदेखाएको भन्दै उनीहरुले खलंगामा जुलुस निकालेर दवाव दिएका हुन्।

संविधान संशोधन प्रस्तावविरुद्ध विरोध प्रदर्शन

संयुक्त युवा तथा विद्यार्थी मोर्चाले संविधान संशोधनको प्रस्ताव छिटो फिर्ता लिन माग गर्दै आज काठमाडौँ उपत्यकाका सरकारी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् । मोर्चाले उक्त प्रस्ताव मुलुकको हितमा नरहेकाले त्यसलाई फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले क्याम्पस क्षेत्र वरपरका सडकमा चक्काजाम, विरोध प्रदर्शन तथा सभा समेत गर्यो ।

प्रदेश विखण्डनको विरोधमा अर्घाखाँचीमा प्रदर्शन

पाँच नम्बर प्रदेश विखण्डनको विरोधमा शनिबार अर्घाखाँचीमा बिरोध जुलुस निकालिएको छ। सन्धिखर्कको शान्ति वगैंचाबाट सुरु भएको विरोध प्रदर्शन बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

डा. केसीको जीवन रक्षाको माग गर्दै राजधानीमा प्रदर्शन (फोटो/भिडियो)

चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ। गोलिडारिटी फर गोविन्द केसी एलाइन्सको अनुगाईमा राजधानीमा प्रदर्शन गरिएको हो।

प्रदेश टुक्र्याउने प्रस्तावविरुद्ध बुटवलका उद्योगीको प्रदर्शन

सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित शुक्रबार बुटवलका उद्योगी व्यवसायीले जुलुस प्रदर्शन गरेका छन्।

एमाले अखिलद्वारा देशभरका कलेज अगाडि प्रदर्शन, ३ बजे मुर्दा जुलुश

संविधान संशोधन विधेयकको विरोधमा एमाले विद्यार्थी संगठन अनेरास्ववियूले मुलुकभरिका मुख्य क्याम्पस अगाडि बिहीबार बिहान प्रदर्शन गरेको छ। बिहान ९ बजेदेखि राजधानीका मुख्य कलेज अगाडि प्रदर्शन गर्दा ट्राफिक अस्तव्यस्त भएको थियो।

पाँच नम्बर प्रदेश टुक्र्याउने वेधयकविरुद्ध आक्रोशपूर्ण प्रदर्शन

सरकारले मंगलबार संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा बुधबार दाङ, रोल्पा, प्युठान, अर्घाखाँची र बुटवलमा आक्रोशपूर्ण प्रदर्शन भएका छन्।

सत्तारुढ र नागरिक समाज पनि प्रदर्शनमा

साबिक पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा गाभ्ने गरी सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा बुधबार बुटबलमा प्रदर्शन भएको छ । सरकारले मंगलबार संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको हो ।

नेपालको आन्दोलनप्रति बेलायतको चासो, प्रदर्शनमा सहभागी नहुन अाफ्ना नागरिकलाइ अाग्रह

संविधान संशाेधनविरूद्ध नेपालका विभिन्न स्थानमा सुरू भएकाे अान्दाेलनप्रति वेलायतले चासाे देखाएकाे छ।वेलायतकाे विदशमन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपालमा रहेका आफ्ना नागरिकलाई आन्दोलनबारे सचेत गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्