८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश विखण्डनको विरोधमा अर्घाखाँचीमा प्रदर्शन

सन्धिखर्कमा भएको विरोध प्रदर्शन। तस्बिरः अर्जुन भुसाल

अर्घाखाँची– पाँच नम्बर प्रदेश विखण्डनको विरोधमा शनिबार अर्घाखाँचीमा बिरोध जुलुस निकालिएको छ। सन्धिखर्कको शान्ति वगैंचाबाट सुरु भएको विरोध प्रदर्शन बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । विरोध जुलुसमा गाउँ गाउँबाट मानिसहरु सदरमुकाम आएका थिए । सभालाई नेपाली कांग्रेसका सभापति तथा संयुक्त संघर्ष समितिका संयोजक विष्णु मुस्कान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष झविलाल थापालगायतल सम्बोधन गरेका थिए ।

संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता भएको भोली पल्ट ( बुधबार ) देखि जिल्ला पूर्ण रुपमा ठप्प भएको छ। बन्दका कारण पसल, उद्योग, कलकारखना, सवारी साधन, शिक्षण संस्था बन्द भएका छन् । बन्दका कारण निनी विद्यालयले सञ्चालन गर्न लागेको परीक्षसमेत स्थगित गरिएको छ। संशोधन विधेयक दर्ता नगर्दै चर्को विरोधमा उठेका  जिल्लाबासी विधेयक दर्ता गरेपछि झनै आक्रोशित बनेका छन्।  

संघर्ष समितिले आइतबार पनि जिल्ला बन्दको घोषणा गरेको छ। सोमबार जिल्लामा विशाल प्रदर्शन हुने कार्यक्रम तय भएको छ। उक्त सभामा बीस हजार भन्दा बढीको जनसहभागिता गराउने गरी तयारीमा लागेको संघर्ष समितिले जनाएको छ।

सभामा एमाले उपमहासचिव  विष्णु पौडेल, नेकपा माओवादी केन्द्र संसदिय दलका उपनेता तथा अर्घाखाँची क्षेत्र नम्बर १ का सांसद टोपबहादुर रायमाझी, कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीलाई निमन्त्रणा गरिएको संघर्ष समितिका संयोजक मुस्कानले जानकारी दिए।
 

सन्धिखर्कमा भएको विरोध प्रदर्शन। तस्बिरः अर्जुन भुसाल
सन्धिखर्कमा भएको विरोध प्रदर्शन। तस्बिरः अर्जुन भुसाल
सन्धिखर्कमा भएको विरोध प्रदर्शन। तस्बिरः अर्जुन भुसाल
सन्धिखर्कमा भएको विरोध प्रदर्शन। तस्बिरः अर्जुन भुसाल
सन्धिखर्कमा भएको विरोध प्रदर्शन। तस्बिरः अर्जुन भुसाल
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App