पर्यटक आगमनः खस्कियो भारतीयको आगमन
यो सेप्टेम्बरमा नेपालमा हवाई यात्रामार्फत ९६ हजार ३ सय ५ जना विदेशी पर्यटक भित्रिए। पर्यटन बोर्डका अनुसार सन् २०२४ को सेप्टेम्बर महिनामा भित्रिएको विदेशी पर्यटकको यो संख्या अहिलेसम्मकै बढी हो। अघिल्ला वर्षका सेप्टेम्बर महिनाको आगमनलाई पछाडि पार्दै यो पटक नयाँ रेकर्ड कायम गरेको पर्यटन बोर्डको भनाई छ।