४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अझै खुलेन कालीगण्डकी करिडोर

भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ। आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो।

जङ्गलमा निगुरो टिप्न गएका तामाङकाे पहिरोमा पुरिएर मृत्यु

पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ। जङ्गलमा निगुरो टिप्न गएका भाेजपुर नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो।

पहिरोमा पुरिएर बालकको मृत्यु

दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो।

मकवानपुर पहिरो: बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता (अपडेट)

मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ।

भक्तपुरको हनुमन्ते आसपासबासीको चिन्ता : भोलिको सूर्योदय हेर्न पाउने हो कि होइन ?

प्रत्येक वर्ष बाढी पहिरोकै कारणले ज्यान गुमाउन बाध्य हुँदै आएका भक्तपुरबासीमा सोमबार राति देखिको निरन्तरको अविरल वर्षापछि त्रास छाएको छ।

मकवानपुर पहिरो: एकको मृत्यु, ५ बेपत्ता, एकको उद्धार (अपडेट)

मकवानपुरको बागमती गाउँपालिकामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। यस्तै एक जनाको उद्धार गरिएको छ भने ५ जना बेपत्ता भएका छन्। हराइरहेका मध्ये पासाङ घिसिङलाई जीवितै उद्धार गरिएको हो।

बाढी–पहिरोले देशभरका दर्जनौं सडक अवरुद्ध

गएराति देखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बनेका छन्।

गुइवनवासीलाई पहिरोले बनायो परदेशी

मतु धामीका ३ छोरा घर नफर्किएको वर्षौं भयो। उनीहरू भारतमा चौकीदारी गर्छन्। आमाबाहेक सपरिवार उतै बस्छन्। आमालाई चाडपर्वमा खानेकुरासहितको नासो र दाल–चामल, नुनतेन आदि किन्न बेलाबेलामा पैसा पठाउँछन्, तर आफू घर आउँदैनन्। छोराहरू घर नफर्कनुको एउटै कारण हो– गाउँमा बस्न योग्य ठाउँ अभाव र कमाइखाने जमिन अभाव।

कालीखोलामा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

च्छाकामना गाउँपालिका ६ कालीखोलामा माथिबाट लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन

चार दिन अघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तिव्र पारिएको छ। सो स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो।

केदारनाथ पहिरो : जुम्लाका चौर र पेरेगाउँ शोकमा

भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ७ जना सहित एकै गाउँका ९ जना बेपत्ता भएपछि जुम्लाको पातारासी गाउँ पाउपालिका ३ चौरगाउँ यति बेला शोकमा डुबेको छ। गाउँका हरेक घर आँगनमा बसेर स्थानीय घटनाको दुः खना पोखिरहेका छन्। गाउँमा बच्चा देखि वृद्ध सम्मका आँखा ओभानो देखिँदैनन्।त्यो चौर गाउँमा कामका लागि भारत गएकाहरू कहिल्यै पनि बाढी पहिरोमा परेका थिएनन्।

व्यापारका लागि केदारनाथ पुगेका दर्जन नेपाली पहिरोमा परी बेपत्ता

केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएकाे पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए।

दोलखाको पहिरोमा बेपत्ता हुनेको परिचय खुल्यो (अपडेट)

जिल्लाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार साँझ गएको पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी गम्भीर घाईते भएका ३ लाई हेलिकप्टर मार्फत राजधानी लैजाने प्रयास भईरहेको छ।

बाजुराको सय बस्ती पहिरोको उच्च जोखिममा, स्थानीय रातभर जाग्राम

कमजोर सतह भएको भिरालो र पाखो जमिन भएको क्षेत्रमा झनै जोखिम बढी हुने गरेको छ। कमजोर सतह र बढी बाढी पहिरोको जोखिम हुने जिल्लामा बाजुरामा पनि अग्र भागमा छ।

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्