५ चैत्र २०८२ बिहीबार
image/svg+xml

एक मतदातामा २८४ रुपैयाँ खर्च

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ।

अमेरिकी ऊर्जा रणनीतिले क्युबालीहरू फेरि कोइला प्रयोग गर्न बाध्य

दशकौंदेखिको अमेरिकी प्रतिबन्धले क्युबाको ऊर्जा पूर्वाधारलाई कमजोर बनाएको छ ।

जाँदाजाँदै अर्थमन्त्रीको निष्कर्ष- राजनीतिक हस्तक्षेप नगरे हाम्रा सरकारी संयन्त्र सक्षम छन्

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ सरकार बन्ने पक्का भएपछि अर्थ तथा संघीय मामिला मन्त्री रामेश्वरप्रसाद खनालले आफ्नो ६ महिने कार्यकालको प्रतिवेदन सार्वजनिक गरेका छन्।

जुम्लामा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर जुम्लामा एक महिलाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन्।

प्रधानमन्त्री कप क्रिकेटका खेल मुलपानी क्रिकेट मैदानमा हुने

क्यानले जारी गरेको विज्ञप्ति अनुसार २०८२ चैत ७ देखि सुरु हुने प्रतियोगिताका खेलहरू तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछ । यसअघि खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने तय गरिएको थियो ।

कृष्णप्रसाद भट्टराई कप: आयोजकलाई स्तब्ध पार्दै बसाहा क्लब फाइनलमा

इटहरीमा जारी स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बसाहा क्लब उदयपुर प्रवेश गरेको छ।

दिक्तेलमा निःशुल्क स्वास्थ्य शिविर, १ हजार ५ सय बढी लाभान्वित हुने अपेक्षा

खोटाङको सदरमुकाम दिक्तेलमा बिहीबारदेखि ‘वृहद् निःशुल्क स्वास्थ्य शिविर’ सुरु भएको छ।

विमानस्थलबाट २९ हजार डलरसहित तीन नेपाली पक्राउ

नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरिकलाई आज पक्राउ गरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता २८४ रुपैयाँ खर्च

निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको थियाे।

जुम्लामा प्रधानमन्त्रीको एक दिन: कर्णाली प्राविधिक शिक्षालयको अवलोकन, विकासबारे चासो

प्रधानमन्त्रीले शिक्षालयसँगै निर्माणाधीन एक मेगावाट सौर्य ऊर्जा आयोजना र जुम्ला सदरमुकामको समग्र अवस्थाबारे पनि स्थलगत जानकारी लिएकी छन्।

भावी सरकारको ‘रोडम्याप’ कोर्दै रास्वपाका ‘हाई कमान्ड’

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया र भावी कार्ययोजनालाई तीव्रता दिएको छ।

सुडानसँगको सीमा बन्द गर्न चाडका राष्ट्रपतिको आदेश

सीमावर्ती शहरमा सुडानी ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएपछि उनले सीमा पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका हुन्।

रास्वपाका शीर्ष नेताहरूबिच छलफल, बालेन्द्र पनि सहभागी

छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद (डिपी) अर्याल सहभागी थिए।

भ्रष्टाचार आरोपमा गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर

ढकारी गाउँपालिकामा बजेट दुरुपयोग गरेको आरोपमा अध्यक्ष साउदसहित ४ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्