१९ आश्विन २०८१ शनिबार
image/svg+xml

माघ ६ देखि एनआरएनए इलाम गोल्ड कप हुने

माघ ६ देखि १३ सम्म एनआरएनए इलाम गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजकले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ।

माङ्सेबुङमा महिलाको फुटबल प्रतियोगिता आयोजना गरिने

माङ्सेबुङ गाउँपालिकामा महिला खेलाडीको फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। यही माघ २३ देखि फागुन ३ सम्म १४औं ‘पवित्राहाङमा कप–२०८०’ महिला फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको हो।

अस्ट्रेलियामा एन्जल्स हार्ट पराजित

एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा मंगलबार पराजित भएको छ।

अर्किड कपको तयारी

अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा आठौँ अर्किड कप सेभेन ए साइड अन्तर विद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि हुने भएको छ।

‘नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई

खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ७ दोर्पाचिउरीडाँडाले जितेको छ।

प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल: फ्रिडम र कुपण्डोल फाइनलमा

फ्रिडम ‘ए’ र कुपण्डोल ४० प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

आहा–रारा गोल्डकप माघ ९ देखि, १२ टिम भिड्दै

पोखराको प्रतिष्ठित आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता माघ दोस्रो सातादेखि सुरु हुने भएको छ।

संकटाद्वारा एपिएफमाथि गोलवर्षा

कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरणामा संकटा क्लबले जारी एन्फा यु- १६ युथ लिग फुटबलमा मंगलबार एपिएफको पोस्टमा सात गोलको वर्षा गरेको छ।

प्रथम राष्ट्रिय दरै फुटबल प्रतियोगिता तनहुँमा हुने

पहिलोपटक देशव्यापी दरै (दराई) समुदायको फुटबल प्रतियोगिता तनहुँमा आयोजना गरिने भएको छ।अल्पसङ्ख्यक दरै समुदायलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले नेपाल दरै समाज तनहुँको आयोजनामा प्रथम राष्ट्रिय दरै सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता तनहुँमा हुने भएको हो।

लुम्बिनी र सांग्रिला क्वार्टरफाइनलमा

लुम्बिनी र सांग्रिला शनिबार सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु- १६ छात्र फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

एनआइसी र बोर्नलाई सफलता

एनआइसी एकेडेमी ‘बी’ र बोन स्काइलार्क सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु- १६ छात्र फुटबल प्रतियोगितामा शुक्रबार प्री क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्